मुक्लीका वडाध्यक्ष राईको गीत ‘पिरतीको कथा’ बजारमा

  हिमाल समाचार
2.2k Shares

सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ६ का वडाध्यक्ष महेन्द्रदिप राईको ‘पिरतीको कथा’बोलको गीत सार्वजनिक भएको छ । वडाध्यक्ष राईले शुक्रबार मात्रै आफ्नै युट्यूव च्यानलमार्फत पछिल्लो कृतिका रुपमा ‘पिरतीको कथा’बोलको गीत डिजिटल बजारमा सार्वजनिक गर्नुभएको हो ।

गीतकार राईले यसअघि लेख्नुभएको ‘सत्य सानु’, ‘याद यति’, ‘पूर्वेली ठिटी’ दर्शक स्रोताले मन पराएका छन् । गीतकार राईले भन्नुभयो, ‘तीन वर्ष अघि लेखिएको गीत हो । एक वर्ष अघि रेकर्डिङ भयो । यो वर्ष भिडियोसहित सार्वजनिक गरेका छौँ । दर्शक स्रोताले मन पराउछन् भन्ने विश्वास गरेको छु ।’

यस गीतका गायक कुमार प्रयास पनि सोलुखुम्बुकै हुनुहुन्छ । लोखिमका कुमार एकपछि अर्को सृजना लिएर बजारमा प्रस्तुत भईरहनुभएको छ । उहाँकै संगीत र गायन रहेको गीतमा महिला गायनमा चलनचल्तीका गायिका रचना रिमालले साथ दिनुभएको छ ।

गीतमा देवेश राईको एरेन्ज रहेको छ । अनिल कोयी राईले निर्देशन गर्नुभएको यस गीतमा देव राई र शर्मिला मगरलाई पर्दामा उतारिएको छ । संभावना बोकेका अभिनयमा संघर्षरत देशको जोडीले प्रमिल युवाको प्रतिनिधित्व गर्दै गीतको भावलाई न्यायपूर्ण अभिनय गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार