सल्लेरीमा सकियो एकल नृत्य र कविता वाचन प्रतियोगिता, राई र बस्नेतलाई उपाधि

  दिपेन्द्र खनाल
2.1k Shares

सोलुखुम्बु – सोलुखुम्बुको सल्लेरीमा सम्पन्न कविता वाचन र एकल नृत्य प्रतियोगिताको उपाधि राई र बस्नेतले जितेका छन । ‘कला र मौलिकताको प्रवद्र्धन भाषा साहित्य र संस्कृतिको सम्वद्र्धन’ भन्ने नाराका साथ आज विहिबार आयोजना गरिएको जिल्ला स्तरीय खुल्ला एकल नृत्यतर्फ नमि राई र कविता वाचनतर्फ सुस्मा बस्नेतले उपाधि जितेका हुन् ।

जनसेवा तालिम तथा अनुसन्धान केन्द्र नेपाल जिल्ला शाखा सोलुखुम्बले कोशी प्रदेश सरकारको सहयोगमा जिल्ला समन्वय समितिकोे सभाहलमा आयोजना गरेको नृत्य प्रतियोगितामा सहभागी १२ जना मध्ये आकृति राई द्वितीय, शान्ति श्रेष्ठ तृतीय र सुनिता थापा मगर सान्त्वना भएका छन ।

यस्तै कविता वाचनतर्फ सहभागी ९ जना मध्ये राम कुलुङ द्वितीय, प्रदिप खालिङ तृतीय र जानुका लामिछाने सान्त्वना भएका छन । नृत्यतर्फ प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुन सफल प्रतियोगीहरुलाई क्रमशः नगद ७ हजार, ५ हजार, ३ हजार र १ हजार रुपैयाँको साथमा प्रमाण पत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।

कविता वाचनमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुन सफल प्रतियोगीहरुलाई क्रमशः नगद ५ हजार, ३ हजार, २ हजार र १ हजार रुपैयाँको साथमा प्रमाण पत्र प्रदान गरिएको छ ।

कार्यक्रम जनसेवा तालिम तथा अनुसन्धान केन्द्र नेपाल सोलुखुम्बुका अध्यक्ष हर्क बहादुर राईको सभापतित्व एंव नेकपा एमाले जिल्ला कमिटि सोलुखुम्बुका अध्यक्ष डुफ कुमार बास्तोलाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार