महाकुलुङले गर्‍यो एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई नगदसहित पुरस्कृत

  हिमाल समाचार
4.3k Shares

सोलुखुम्बु – सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाले यस वर्षको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यालयलाई नगदसहित पुरस्कृत गरेको छ ।

पालिकाले २०७९ को एसइइमा पालिकाभरका विद्यालयहरु मध्ये उत्कृष्ट नतिजा ल्यान सफल गुदेल माध्यमिक विद्यालयलाई नगद २ लाख रुपैयाँसहित पुरस्कृत गरेको हो । गुदेल माध्यामिक विद्यालयबाट एसईई परिक्षा दिएका ६३ जना मध्य ६२ जनाको ए तथा बी प्लस ग्रेड प्राप्त गरेका छन् ।

एक जनाले भने सी ग्रेड प्राप्त गरेको विद्यालयका प्रधानाध्यापक लवकुमार राईले जानकारी दिनुभयो । गाउँपालिकाको सर्शत अनुदान तर्फ १० लाख शैक्षिक विकासका लागि छुट्याइएको बजेट मध्ये १—५, १—८, १—१२ र एसईईको नतिजालाई मध्येनजर गर्दै उत्कृष्ट अङक प्राप्त गरेको विद्यालयलाई पुरस्कार वितरण गरेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार