सोलुखुम्बुको दुई अस्पताललाई प्रशासनले बन्द गरायो

  हिमाल समाचार
14.8k Shares

सोलुखुम्बु – सोलुखुम्बुमा कागजात पुरा नगरी सञ्चालित दुई अस्पताललाई बन्द गराइएको छ । जिल्लाको सोलुदुधकुण्ड नगरपालिका ७ गार्मा क्षेत्रमा सञ्चालित दुई वटा निजि अस्पताललाई जिल्ला प्रशासन कार्यालयले बन्द गरेको हो ।

बन्द गरिएको अस्पतालहरुमा सोलु सामुदायिक अस्पताल जोरबौद्ध र सोलु हेल्थ क्यर छुल्यामु रहेको प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले जानकारी दिनुभयो । उक्त अस्पतालहरु मध्ये सोलु सामुदायिक अस्पतालले कागजात विनै अस्पताल चलाईरहेको पाइएको छ भने सोलु हेल्थ क्यरले कागजात नविकरण नगरी चलाएको पाइएको प्रजिअ भट्टराईले बताउँनुभयो ।

आज बिहीबार जिल्ला प्रशासन कार्यालय सल्लेरीमा अस्पताल सञ्चालकसहित बसेको बैठकले कागजात पुरा नभएसम्म दुवै अस्पताल बन्द गर्ने निर्णय गरेको हो । जिल्ला प्र्रशासन कार्यालयले साउन ८ गते गरेको स्वास्थ्य संस्था अनुगमनको क्रममा नेले सामुदायिक परोपकारी संस्था नेले, सोलु सामुदायिक अस्पताल जोरबौद्ध, सोलु हेल्थ क्यर जोरबौद्ध र दोर्पु स्वास्थ्य केन्द्र दोर्पुले कागजात पुरा नगरेको पाइएको थियो ।

अनुगमन समितिले ४ वटै स्वास्थ्य संस्थालाई एक हप्ताको अल्टिमेटम दिएर कागजात पुरा गर्न समय दिएको थियो । जसमा नेले परोपकारी संस्था बाहेक अन्यले कागजात पेश नगरेको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताउँनुभयो ।

उक्त विषयमा छलफल गर्न डाकिएको बैठकमा दोर्पु स्वास्थ्य केन्द्र दोर्पु अनुउपस्थित भएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ । उक्त स्वास्थ्य संस्थामा पनि थप अनुगमन गरी कागजात पुरा नभएको पाइए कानुनी दायरामा ल्याउने बैठकले निणय गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार