नेविसंघ केन्द्रीय समितिमा सोलुका १० विद्यार्थी नेता मनोनित

  हिमाल समाचार
609 Shares

सोलुखुम्बु – नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ(नेविसंघ)को केन्द्रीय तदर्थ कार्यसमितिमा सोलुखुम्बुका १० जना विद्यार्थी नेताहरु मनोनित भएका छन् ।

नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाको सिफारिसमा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले साउन २२ गते सोमबार ७१० जना सदस्य मनोनित गर्नुभएको हो । समितिमा सोलुखुम्बुका १० जना विद्यार्थी नेताहरु परेका हुन् ।

जसमा गिता गुरुङ, बाबुराम आचार्य, पारस बस्नेत, पूजा फुयाल, बबिन बस्नेत, फुरिन्जी शेर्पा, जिवन बस्नेत, बाबुराम भट्टराई, तारा बहादुर खत्री र दिनराज वास्तोला रहेका छन् ।

समिति ठुलो आकारको भएकाले ५१ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने तयारी भईरहेको नेविसंघ श्रोतले जनाएको छ । तदर्थ समितिले बढीमा ६ महिना भित्र नेतृत्व चयनका लागि महाधिवेशन गराउनुपर्ने प्रावधान छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार