सोलु कांग्रेसले साउन २७ गते बोलायो बृहत् बैठक

  हिमाल समाचार
406 Shares

सोलुखुम्बु – नेपाली कांग्रेस जिल्ला कार्यसमिति सोलुखुम्बुले बृहत बैठक आव्हान गरेको छ । पार्टीको केन्द्रीय कार्यसमितीको निर्देशन अनुसार यहि साउन २७ गते शनिबार बैठक डाकिएको पार्टीका जिल्ला सभापति नाम्गेल जाङबु शेर्पाले जानकारी दिनुभयो ।

‘आन्तरिक विशेष अभियान’का लागि बोलाइएको बैठकमा केन्द्रीय प्रतिनिधि शुशिला ढकाल आचार्यको सहित केन्द्रीय सदस्यहरु बलबहादुर केसी र आङगेलु शेर्पाको पनि उपस्थिती रहने जनाइएको छ ।

साथै बैठकमा जिल्ला कार्यसमितिका पदाधिकारी, सदस्यहरु, महाधिबेशन प्रतिनिधि, प्रदेश सभापति तथा प्रतिनिधि, पालिका सभापति, वडा सभापति, कांग्रेसबाट निर्वाचित पालिका प्रमुख, उपप्रमुख, वडाअध्यक्ष, भ्रातृ संगठनका प्रमुख तथा जिल्लाबाट मनोनित केन्द्रीय सदस्यहरुको उपस्थिति रहने सभापति शेर्पाले बताउँनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार