सोलुखुम्बु – सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ८ केरुङका एक युवक विरुद्ध चोरीको आरोपमा मुद्दा दायर गरिएको छ । नगदसहित रिचार्ज कार्ड चोरीको आरोपमा सोलुदुधकुण्ड नगरपालिका ८ सिगाँनेका ३७ वर्षीय मिङमा शेर्पालाई पक्राउ गरी उनी विरुद्ध चोरी मुद्दा दायर भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
प्रहरी प्रहरी प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठका अनुसार गत शुक्रबार केरुङका ङवाङ दावा शेर्पाको पसलमा कोही नभएको समयमा नगदसहितका सामाग्रीहरु चोरी गरेर फरार भएको सुचना आएको थियो ।
घटना लगतै खटिएको प्रहरी टोलीले भाग्दै गरेको अवस्था मिङ्मालाई सोलुखुम्बु र ओखलढुंगाको सिमाना सोलुदुधकुण्ड नगरपालिका ८ बाट नगद १ लाख १३ हजार २ सय ७५ रुपैयाँ र ४ हजार रुपैयाँ बराबरको एन्टिसीको रिचार्ज कार्डसहित पक्राउ गरेको थियो ।
उनी विरुद्ध सोलुखुम्बु जिल्ला अदालतमा चोरी मुद्दा दायर गरी ५ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।