लोक सेवा परीक्षामा सफल हुने जुक्ति–अधिकृत राईको अनुभव

  हिमाल समाचार
8.5k Shares

लोक सेवा अध्ययनको अनुभव-

भनिन्छ एउटा सफलताको कथा भित्र हजारौँ असफलताका कथाहरु लुकेका हुन्छन् स्वभावैले जो कोही मानिस सफल हुन चाहन्छन्।सफलताको खोजीमा मानिस कठोर मिहेनतका साथ प्रतिस्पर्धाको मैदानमा उत्रन्छन् ।नेपालमै बसेर राष्ट्र र  जनताको सेवा गरि रोजगारी बन्ने सपना देख्नेहरुका लागि लोकेसेवा आयोगकोपरिक्षा एक महत्वपूर्ण तर कठिन परिक्षा मानिन्छ । यसै सिलसिलामा मैलेलोकसेवा तयारी गरि स्वदेशमै रोजगारी बन्ने उदेश्यले लोकसेवा आयोगको प्रतिस्पर्धामा होमिनु अघि देहाय बमोजिमका विषयहरु बुझ्ने कोसिस गरें।

लोकसेवा पढ्न भन्दा अघि यी विषयवस्तुहरुमा आफैले प्रश्नहरु गरें ।

  • लोक सेवा आयोग के हो ?
  • लोकसेवा किन तयारी गर्ने ?
  • लोकसेवा परिक्षा कसरी तयारी गर्ने?
  • कहाँ रहेर लोक सेवाको तयारी गर्ने ? जस्ता प्रश्नहरुको जवाफ आफैबाट खोजें ।

लोकसेवा आयोग के हो ?

  • लोकसेवा आयोग नेपालको १३ वटा संवैधानिक आयोगहरु मध्ये एक विश्वसनीय र निश्पक्ष निकाय हो ।
  • यसले पहुँच नहुने गरिब आमा बुबाको छोराछोरीहरुलाई स्थायी प्रकृतिको रोजगारी सृजना गराउने संस्था हो ।
  • यसले राज्य संयन्त्र के हो ? यो कसरी संचालन हुन्छ  ?  भन्ने कुराहरुको जानकारी दिने संयन्त्रहरुमा काम गर्न सिफारिस गर्ने एक मात्र संवैधानिक निकाय हो भनेर मैले बुझें ।

लोकसेवा किन अध्ययन गर्ने ?

  • राष्ट्र र जनताको सबभन्दा नजिक रहि प्रत्येक्ष रुपमा सेवा गर्ने अवसर प्राप्त गर्न सकिने
  • राज्यको नीति निर्माण गर्ने सर्वोच्च निकाय सम्म पुग्ने र निर्णायक भूमिका निर्वाह गर्ने अवसार प्राप्त हुने
  • वृहत वृत्ति विकासको अवसर प्राप्त हुने
  • स्वदेश तथा विदेश निशुल्क छात्रावृति अध्ययन तथा भ्रमणको अवसर
  • सर्वाङ्गिण व्यक्तित्व एवम नेतृत्व क्षमता विकास तालिमको अवसर प्राप्त हुने
  • साथै नेपालमै बसी रोजगरी प्राप्त गर्न सकिने यो एक मात्र सुरक्षित र सर्वोत्तम मार्ग लोकसेवाको परिक्षा रहेछ भन्ने लाग्यो ।

लोकसेवा कसरी अध्ययन गर्ने ? भन्ने विहङ्गम चिन्तनमा लागें ।सुरुमा मैले अब धेरै कुराहरुबाट केहि समयको लागि टाढा रहनु पर्छ भनेर म आफैले आफैसँग इमान्दार सम्झौता गरें। मैले आफ्नै जिल्ला स्थित काम गर्दै गरेको माध्ययमिक तहको राहत अंग्रेजी शिक्षक पद आकर्षक जागीर छाडेर आएको थिएँ।दृढताका साथ एक कठोर संकल्पको साथ सबै कुरा छाडेर जसरी पनि शाखा अधिकृत हुनु पर्छ भन्ने सोचले काठमाण्डौँ प्रवेश गरि विद्धानहरुको शहर भनेर चिनिने शहर कीर्तिपूरमा रहि करिब १ वर्ष अध्ययन गरियो ।

किर्तीपूरमा बसी लोकसेवा अध्ययन गर्दा लोकसेवा परिक्षा सजिलै पास गरियो भन्ने होईन। काठमाण्डौँमा आएर धेरै संघर्ष र मिहेनतको कथाहरु अविष्मरणीय बनेर मानस्पटलमा छापीएका छन् । शिक्षकको जागिर खाएर आएको मान्छे भए पनि म सँग पैसा बचेको थिएन । म इमान्दार आत्माविश्वास बोकेर लोकसेवा तयारीमा थिएँ । जसरी हुन्छ कहिँ न कहिँ स्थायी जागीरमा नाम निकाल्छु र निकाल्नु नै मेरो जीवनको सार हुनेछ भन्ने दृढ संकल्पको साथमा लोकसेवा तयारीमा होमिएको थिएँ । मानिसले सफल भए पछि सफलताका कुराहरु मात्र गर्छन । तर एउटा सफलताको पछाडी अनगिन्ती असफलताहरु पनि हुन्छन भन्ने कुरा भुल्नु हुन्न । मानिसको जीवनमा सफलता नै सफलता मात्र हुन्छ भन्ने होईन । शाखा अधिकृतको सफलता प्राप्ति अघि मैले भोगेका अनेकौँ असफलताहरुको कुरा राख्दा नवआगन्तुक साथीहरुलाई केही असफलताहरु भोग्दैमा हतोत्साही हुनु हुन्न भन्ने सन्देश हुन सक्छ भनेर यी असफल्ताका श्रीङ्खलाहरु पस्कदैछु ।

असफलताको श्रीङ्खलाहरु

  • SLC सकेर उच्च शिक्षा हासिल गर्दै बेलायती सेनामा भर्ती हुने उत्कट अभिलाषा बोकेर फेशनको शहर भनेर चिनिने धरान शहरमा प्रविणता तह अध्ययन गर्न झरेँ। मैले ५ पटक त ब्रिटिस आर्मीको परिक्षा फेस गरेको र पाँचै पटक परिक्षाको विभिन्न ईभेन्टहरुमा असफल भएको जीवनको अत्यन्तै नमिठो र निर्मम समय बिताएको यादले अझै सताउँछ। त्यो दिन जहिले म बेलायती सेनाको भर्ती परिक्षामा असफल भएको समयमा झेरका आँसुहरु सम्झदा यो मन अझै भक्कानिएर आउँछ ।तर आज फेरी फर्केर सम्झन्छु जे भो राम्रै भो भनेर चित्त बुझाउछु ।
  • बेलायती सेनाको परिक्षामा असफल भए पनि अध्ययनलाई मैले छाडीन ।प्रविणता तह सकेर काठमाण्डौँमा ब्रिटिस आर्मि भर्ना पूर्व तयारीका लागि साथीहरुसँग मिलेर Training Centreस्थापना गरि केहि समय त्यहाँ Physical and Educational instructor को रुपमा काम गरियो । तर त्यो कामले जीवनमा सार्थकता पाउदैन भनेर आफ्नै जिल्ला खोटाङ दिक्तेलमा फर्केको थिएँ । त्यहाँ स्थित Diktel Secondary Boarding Schoolमा शिक्षकको जागिर खुलेको रहेछ । परिक्षा सहभागी भएको थिएँ नाम निस्कियो।त्यस पछि ३ वर्ष त्यहीँ सेवा गरेर शिक्षण पेशा प्रति झुकाव बढेर गयो ।दिक्तेलमा काम गर्दै लोकसेवाको पहिलो अनुभवखरिदारको परिक्षा दिएको थिएँ ।पहिलो पटक दिएको परिक्षामा मलाई उक्त परिक्षाको पाठ्याक्रम केहि थाहा थिएन ।लोकसेवा परिक्षा कस्तो हुन्छ ? कस्तो प्रकारका प्रश्नहरु सोधिन्छन भन्ने कुरा बुझ्न मात्र गएको थिएँ । खरिदार परिक्षाको सफलताको आशा थिएन र असफल भएँ ।
  • दिक्तेलबहुमुखी क्याम्पसबाट स्नातक तहको अध्ययन सकेर म स्नातकोत्तर अध्ययन गर्न काठमाण्डौँ झरेँ । कक्षा ५ मा अग्रेजी विषयको वार्षिक परिक्षाको ६० पूर्णाङ्कमा ६० अङ्क नै प्राप्त गरेको प्रेरणाले डिग्रीमा (स्नातकोत्तर तहमा) अंग्रेजी विषय लिएर प्रथम श्रेणीमा नै पास गर्छु भन्ने सपना थियो । उक्त सपना पुरा गर्न पनि थियो र गरियो।स्नातकोत्तर अध्ययन गर्दा नासु र शाखा अधिकृतको परिक्षा दिएँ तर कलेज र लोकसेवा दुवै तिरको अध्ययन गर्दा कलेजको परिक्षामा सफल भए पनिलोकसेवाको परिक्षामा असफल भएँ ।

परिवार चलाउन आर्थिक समस्याको कारण स्नातकोत्तर सकेर काठमाण्डौँको ३ वटा प्राईभेट स्कुलहरु पनि पढाउनु परेको थियो । त्यस पछि जिल्ला कै सरकारी विद्यालयमा माध्यमिक तह राहत कोटामा रहि २ वर्ष अध्यापन गरेँ । करार जागिर गरेर करियर सुनिश्चित नदेखेकोले मैले स्थायी जागीर बारे सोच्न थालेँ । स्थायी मध्येको पनि कुन सेवा रोजेर अध्ययन गर्ने भन्ने विचार गर्दा र साथी भाई लगायत पछिल्लो माहोल बुझ्दा धेरैको रोजाई लोकसेवा थियो । औसत विद्यार्थीका लागि लोकसेवा उपयुक्त लाग्यो।लोकसेवा मध्येको पनि शाखा अधिकृत लाखौँ युवाहरुको आकर्षणको पद भएकोले मेरो पनि शाखा अधिकृत बन्ने रहर जागेर आयो ।माध्यमिक तह राहत कोटाको जागीर राजिनामा दिएर शाखा अधिकृत बन्ने असीम चाहानाले काडमाडौँ छिरेर लोकसेवा तयारीमा लागेँ । त्यस पछी सफलताको श्रीङ्खलाहरुको आरम्भ भयो।

सफलताका श्रीङ्खलाहरु…..

२०७६ सालमा ६ ठाउँमा नाम निकाल्न सफल

जब निजामती सेवा प्रवेशको संकल्प बोकेरखोटाङ जिल्लाको एक माध्यामिक तहको राहत अंग्रेजी विषयको शिक्षकबाट राजिनामा दिई लोकसेवाको परिक्षा तयारी गर्न काठमाण्डौँ झरें। त्यस पछि मेरो लोकसेवा तयारीको संघर्षमय दिनहरु सुरुवात भयो। २०७५ सालमा समायोजन ऐन लागू भएकोले शाखा अधिकृतको विज्ञापन रोकियो तर स्थानीय तहको लागि विज्ञापन खुल्यो। त्यसमा सहायक चौथो,सहायक पाँचौँ र अधिकृत छैठौँ तहको विज्ञापन फर्म भरियो । त्यही साल नै शिक्षक सेवा आयोगले पनि विज्ञापन खुलायो । त्यसमा पनि प्रा.वि , नि.मा.विको विज्ञापनमा फर्म भरियो ।त्यसै साल नेपाल वायुसेवा निगमले पनि विज्ञापन खुलायो मैले चौथोतहमा फर्म भरेँ ।

लोकसेवा तर्फको शाखा अधिकृत पदको तयारी गरिरहेकोले वस्तुगत र विषयगत परिक्षा कसरी तयारी गर्नु पर्छ भन्ने बारे केही जानकारी हुने भएकोले साथै लोकसेवाको पाठ्यक्रम धेरै जसो परिक्षाहरुलाई समेट्ने गरि निर्माण गरिएको हुनाले समेत होला मैले २०७६ सालमानतिजा प्रकाशित भएका लिखित परिक्षामा सफल भएँ ।

  • २०७६ सालमा स्थानीय सेवाका लागि चौँथो, पाँचौँको लिखित परिक्षामा सफल भएँ।
  • अधिकृत छैठौँ तहको परिक्षामा सगरमाथा अञ्चल भित्रको प्रतिस्पर्धा अन्तर्गत २ नम्बर योग्यता क्रममा सिफारिस भएँ ।
  • २०७६ साल नै पूर्वाञ्चल विकास क्षेत्रबाटनिम्न माध्यमिक विद्यालयतहमा अंग्रेजी विषयमा खोटाङ जिल्लाका लागि १ नम्बर योग्यता क्रममा सिफारिस भएँ तर नियुक्ति लिईनँ ।
  • २०७६ सालमा खोटाङ जिल्लाका लागि प्रावि तहको शिक्षकको परिक्षाको लिखित परिक्षामा सफल भएँ तर अन्तरवार्तामा जानु परेन ।
  • २०७६ साल नेपाल वायुसेवा निगमको लिखित परिक्षामा सफल भएँ तर अन्रवार्तामा जानु परेन ।
  • २०७६ सालको संघीय निजामती सेवा अन्तर्गत शाखा अधिकृत पदको विज्ञापनको परिक्षामा पनि सफल भई सिफारिस भएँ र अहिले खोटाङ जिल्ला कै खोटेहाङ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत पदमा कार्यरत छु ।

यी सफलताका कहानीहरुलाई विश्लेषण गर्दा कडा प्रतिस्पर्धाको यो युगमा कठोर मिहेनत र रणनीतिक अध्ययन गर्दा सफलता हात पर्दो रहेछ ।मेरो अनुभवको आधारमा लोकसेवा तयारी गर्दा पहिले सोधीएका प्रश्नहरुको नियमित लेखेर अभ्यास गरि पढ्ने तरिका बाहेक निम्नानुसारका कुराहरु ध्यान पुर्याउनुपर्ने कुराहरु बुँदागत रुपमा सिफारिस गरेको छु ।

  • लोकसेवा सम्बन्धी जानकार अनुभवी व्यक्ति तथा साथीहरुसँग जानकारी लिने
  • लोकसेवा आयोगको वेवसाईटबाट पाठ्यक्रम Downloadगरि अध्ययन गर्ने
  • लोकसेवा सम्बन्धी आधिकारीक स्रोत समाग्रीहरु संकलन गरि अध्ययन गर्ने
  • समसामययिक विषयवस्तुहरु बारे लेख रचना दैनिक रुपमा अध्ययन गर्ने
  • FM, Radioदैनिक रुपमा सुन्ने बानीको विकास गर्ने
  • लोकसेवा अध्ययन समुह ( PEER GROUP ) बनाई अध्ययन गर्ने
  • आफुलाई सजिलो र रोचक लाग्ने पाठबाट अध्ययन सुरु गर्ने
  • विषयवस्तुलाई कण्ठष्थ पार्ने भन्दा पनि Conceptबुझेर याद गर्ने
  • Complex and Compulsoryविषयवस्तुको सुत्र बनाई याद गर्नै आदि ।

वस्तुगत परिक्षा ( Objective Exam ) मा ध्यान दिनुपर्ने कुराहरु :

एउटा वस्तुगत प्रश्नको चार वटा विकल्पहरु हुन्छन् । चार वटा विकस्पहरु मध्ये एउटा विकल्प मात्र सहि राखिएको हुन्छ ।उक्त सहि विकल्प छनोट देहाएको तरिका प्रयोग गरि अङ्क प्राप्त गर्न सकिन्छ ।

  • Confirming method ( जानेको कुरा Confirm गरि विकल्प छनोट गर्ने )
  • Cancelling method (विकल्पहरु मध्ये गलत विकल्पहरु हटाउने विधी )
  • Matching method( विकल्पहरु मध्ये सहि विकल्पहरु जोडा मिलाउने विधी )
  • Guessing method (विकल्पहरु मध्ये अनुमान गरि एउटा विकल्प छनोट गर्ने )

विषयगत परिक्षामा ध्यान दिनुपर्ने कुराहरु :

  • Impression Line trick

 उत्तर लेख्न अघि छोटो तर मिठो पहिलो एक लाईन लेख्ने तरिका

  • Neat and Clean hand writing trick

सफा र प्रष्ट हस्त लिखित तरिका

  • Single and double underling trick

एउटा तथा दुई वटा अण्डर लाईन गर्ने तरिका

  • Spacing formatting trick

लेखनमा खाली स्थान छोड्ने तरिका

  • Pictorial writing trick

चित्रात्मक लेखन शैली

  • Note writing trick

लेखनमा द्रष्टव्य अर्थात निचोडमा प्रष्टिकरण उल्लेख गर्ने तरिका

  • Conclusion writing trick

उत्तर लेखनको अन्त्यमा सारभूत रुपमा ओजश्वी शब्दहरुका साथ आफ्नो भनाई राख्दै जवाफको समापन गर्नै लेखन शैली प्रयोग गर्न सकिन ।

सम्पादक  :- लेखक अजम्बर राई खोटेङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ, उहाँको स्थायी ठेगाना खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका १ याम्खा हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार