सोलुखुम्बु घर भएका शेर्पाको शव झापामा अलपत्र

  हिमाल समाचार
9.2k Shares

सोलुखुम्बु – सोलुखुम्बु घर भएको भनिएको एक वृद्धको शव प्रादेशिक अस्पताल भन्द्रपुर झापामा अलपत्र बनेको छ । उपचारको क्रममा प्रदेशिक अस्पताल भन्द्रपुरमा ज्यान गएका सोलुखुम्बुका रिन्जी शेर्पाको शव अस्पतालमै अलपत्र परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठका अनुसार सोलुखुम्बु घर बताउने रिन्जी शेर्पा नाम गरेका अन्दाजी ७०/७५ वर्षीय शेर्पाको उपचारको क्रममा साउन २३ गते ज्यान गएको हो ।

प्रहरीका अनुसार साउन ११ गते अन्दाजी अपराहन्न साडे ५ बजे झापाको बिर्तामोड नगरपालिका ४ पश्चिम बस स्टेशनमा सोलुखुम्बुको सल्लेरी घर बताउने वृद्ध शेर्पा बेवारिसे अवस्थामा लडिरहेको अवस्थामा नगर प्रहरीले उद्धार गरी उपचारको लागि नगर अस्पताल विर्तामोड लगेको थियो ।

अत्याधिक मादक पदार्थ सेवन गरेका कारण बिरामी भएको हुन सक्ने देखिएको तर बाहिरी चोट नदेखिएको अवस्था प्रहरीले सोही दिन थप उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएकोमा साउने २३ गते विहान ५ बजे उपचारको क्रममा मृत्यु भएको भद्रपुर प्रहरीले जनाएको छ । तर हाल सम्म मृतकको आफन्त सम्पर्कमा आउन नसक्दा शव व्यवस्थापनमा समस्या भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार