सोलुखुम्बु – सोलुदुधकुण्ड नगरपालिका ३ लोदिङका समाजसेवी छेवाङ जाङ्बु लामा र जेनी शेर्पा लामा दम्पतीले झण्डै ३ लाख रुपैयाँ नगद सहयोग गर्नुभएको छ । लामा दम्पतीले स्वर्गिय बुवा दोर्जी लामाको सम्झनामा आज बुधबार वडा कार्यालयमा एक कार्यक्रमका विच ५ वटा सामुदायिक संस्था, ३ वटा विद्यालय र २ जना पहिरो पीडितलाई गरी २ लाख ९५ हजार रुपैयाँ आर्थिक सहयोग गर्नुभएको हो ।
जसमा पिके मावि र ज्वालामाई मन्दिरलाई ५०/५० हजार, ज्वालामाई आवि, फलामखानी आवि, ङग्युर देक्षेन छोलिङ गुम्बा, मगर गुठी र गोन्पो देक्षेन छोलिङ गुम्बा देनासालाई २५/२५ हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।
यस्तै फलामखानी दलित गुठीलाई १५ हजार, पहिरो पीडित हस्त बहादुर विश्वकर्मालाई ६ हजार र शान्त विश्वकर्मालाई ४ हजार रुपैयाँ सहयोग गर्नुभएको वडाध्यक्ष ल्हाक्पा गेलु शेर्पाले जानकारी दिनुभयो ।
समाजसेवी लामा दम्पतीले यस अघि पिके सेवा केन्द्रलाई २५ हजार र पेमाजुने गुम्बा लोदिङलाई १ लाख ५० हजार रुपैयाँ सहयोग गर्नुभएको वडा कार्यालयले जनाएको छ ।