वैवाहिक करणी मुद्दामा कैद भुक्तान गरिरहेका खड्काले पाए सफाई

उल्टियो सोलुखुम्बु जिल्ला अदालतको फैसला

  हिमाल समाचार
22.2k Shares

सोलुखुम्बु – वैवाहिक करणी मुद्दामा करिब एक वर्षदेखि सोलुखुम्बुमा जेल जीवन विताईरहेका अनुज खड्का भनिने विजयराज छिनालले सफाई पाउनुभएको छ ।

आफ्नै श्रीमतीलाई करणी गरेको मुद्दामा सोलुखुम्बु जिल्ला अदालतबाट दोषी ठहर भई जेल जीवन बिताइरहेका पत्रकार समेत रहेका गोरखा पालुङटार नगरपालिका वडा नम्बर ७ का २७ बर्षीय खड्कालाई उच्च अदालत विराटनगर अस्थायी इजालस ओखलढुंगाले सफाई दिएको हो ।

उच्च अदालतले यहि साउन २३ गते खड्काको घटना कुटपिटमा परिणत हुने फैसला गर्दै सोलुखुम्बु जिल्ला अदालतको फैसला उल्टाउदै सफाई दिइएको हो ।

उक्त मुद्दामा सोलुखुम्बु जिल्ला अदालतका न्यायधीश प्रकाश कुमार अधिकारीको इजालसले प्रतिवादी खड्कालाई दोषी ठहर गर्दै गत फागुन २५ गते १ वर्ष ६ महिना कैद र ३ लाख रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको थियो । तर खड्काले जिल्ला अदालतको फैसला विरुद्ध उच्च अदालतमा पुनरावेदन गर्नुभएको थियो ।

पुनरावेदनले प्रतिवादी खड्काको पक्षमा फैसला गर्दै निज खड्कालाई अन्य कारणबाट थुनामा राख्न नपर्ने भएकाले कैदमुक्त गराई दिन भन्दै जिल्ला कारागार सल्लेरीलाई पत्राचार समेत गरेको छ । २०७९ असार १० गते पक्राउ परेर सोही महिनाको २९ गते पुर्पक्षका लागि जिल्ला कारागार सल्लेरी चलान हुनुभएको थियो ।

उच्च अदालतको फैसलासँगै १३ महिना १३ दिन थुनामा बसेका प्रतिवादी खड्का थुनामुक्त हुनुभएको छ । आफु अब नियमित सञ्चारकर्ममा फर्कने खड्काले प्रतिकृया दिनुभएको छ ।

सम्बन्धित समाचार-

वैवाहिक करणी आरोपमा एक पत्रकार प’क्राउ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार