पुरानो कथाले मात्रै अबको राजनीति चल्दैन : कांग्रेस केन्द्रीय सदस्य शेर्पा

सोलुखुम्बु – नेपाली कांग्रेसका केन्द्रीय सदस्य आङ्गेलु शेर्पाले अबको राजनीति पुरानो कथाले मात्र नचल्ने बताउनुभएको छ ।

सुनसरी पार्टी कार्यालय इनरुवामा बिहीबार कांग्रेस क्षेत्र नम्बर २ क्षेत्रीय समितिले आयोजना गरेको विशेष आन्तरिक अभियानलाई सम्बोधन गर्दै नेता शेर्पाले पुरानो कथाले मात्रै अबको राजनीति नचल्ने बताउनुभयो ।

उहाँले विश्वेश्वरप्रसाद कोइरालाको सिद्धान्तलाई मात्र अगाडि सारेर पार्टी नचल्ने बताउँदै पार्टीमा योगदान पुर्याएका र नेता, कार्यकर्ताले गरेको त्यागको मूल्यांकनको कदर हुनुपर्ने बताउनुभयो ।

पछिल्लो समय कांग्रेस जनतासँग प्रत्यक्ष संवादमा रहेर उनीहरूका समस्या समाधान गर्ने र जनताको आवाज बोल्नुपर्ने उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार