सोलुखुम्बुमा बन्दै १८८ मेगावाटको सुर्के दुधकोशी हाइड्रोपावर

  हिमाल समाचार  1151 पटक हेरिएको

सोलुखुम्बु – सोलुखुम्बुमा १८८ मेगावाट क्षमताको सुर्के दुधकोशी जलविद्यूत आयोजना बन्ने भएको छ । ३१ अर्बको लगानीमा उक्त जलविद्युत आयोजना बन्ने भएको हो । आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनकाअनुसार दुधकोशी नदीमा आधारित रहने यो आयोजना नदी वहावमा आधारित रहनेछ । जडित क्षमता १८८ मेगावाट रहेको आयोजनाबाट वार्षिक कुल वार्षित उर्जा उत्पादन ११४०.०७४ गिगावाट घण्टा रहेको छ ।

आयोजनाबाट सुख्खा महिनाको उर्जा उत्पादन ३४२.४८२ गिगावाट घण्टा रहेको छ भने वर्षायातमा आयोजनाबाट ७९७.५९२ गिगावाट घण्टा उर्जा उत्पादन हुने क्षमता रहेको छ ।

जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकाको वडा नम्बर १ र २, माप्य दुधकोशी गाउँपालिकाको वडा नम्बर १, २ र ७ र सोलुदुधकुण्ड नगरपालिकाको वडा नमबर १ मा रहने यो आयोजनाको निर्माण समिट पावर कम्पनी प्रा. लिले गर्न लागेको हो । आयोजनाको कुल लागत ३१ अर्ब ४६ करोड २९ लाख ९१ हजार ४ सय रुपैयाँ रहेको छ ।

आयोजनामा २५.५८ मेगाभोल्ट एम्पियरको ट्रान्सफर्मर जडान गरिनेछ । आयोजनाबाट उत्पादन हुने जलविद्यूतलाई २२० केभीको ६५ किमिको प्रसारण लाइनमार्फत न्यू खिम्ती सबस्टेसनमा जोडिने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

आयोजनाको लाभ तथा लागतको अनुपात १.३०५ रहेको छ भने लागतको भुक्तानी अवधी ७ वर्ष रहेको छ । आयोजना निर्माण सुरु भएको ५ वर्षसम्ममा यसको निर्माण सक्ने र विद्यूतीय उर्जा उत्पादन सुरु गरिनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार