जनताका भावना र चाहाना विपरीत पार्टी चल्न सक्दैन : सभापति शेर्पा

  हिमाल समाचार  288 पटक हेरिएको

सोलुखुम्बु – नेपाली कांग्रेस जिल्ला कार्यसमिति सोलुखुम्बुका सभापति नाम्गेल जाङ्बु शेर्पाले जनताको भावना र चाहाना विपरीत पार्टी चल्न नसक्ने जिकिर गर्नुभएको छ । आज शनिबारबाट पार्टी कार्यालय सल्लेरीमा सुरु भएको कांग्रेस सोलुखुम्बुको संगठन सुदृढीकरणका लागि ‘आन्तरिक विशेष अभियान’मा बोल्दै सभापति शेर्पाले यस्तो बताउनुभएको हो ।

जनताको मर्म, चाहाना र हितलाई सधै केन्द्रमा राखेर अघि बढ्न सकियो भने मात्रै कांग्रेस सफल हुने भएकाले त्यसलाई सबै नेता कार्यकर्ताले मनन गर्दै अघि बढ्न उहाँले निर्देशन दिनुभयो । सभापति शेर्पाले पदका लागि केन्द्रमा बसेर नेताहहरुको चाकडी गर्ने तर जिल्लाको संगठन विस्तारमा नखटिने नेता कार्यकर्ताको पार्टीले मुल्यांकन गर्ने बताउनुभएको छ ।

केन्द्रमा बसेर ठुला नेताहरुको पछि लागेको खण्डमा अवसर र पद सबै पाइन्छ भन्ने भाष्य पछिल्लो समयमा पार्टीमा सृजना भएकाले यसलाई निरुत्साहित गरिने उहाँको भनाई छ । संघ र प्रदेश निर्वाचनमा टिकट वितरण गर्दा जिल्लासँगको समन्वयमा केन्द्र चुक्दा पार्टीले अपेक्षित नतिजा हात पार्न नसकेको जानकारी गराउदै जिल्लाको निर्णयलाई कम नआँक्न समेत सभापति शेर्पाले चेतावानी दिनुभयो ।

संगठन सुदृढीकरणका लागि ‘आन्तरिक विशेष अभियान’ लिएर निरन्तर रुपमा अब गाउँ/गाउँ र टोल टोलमा पुग्ने दिन आएकाले यो अभियान निश्चित समयको लागि मात्र नभई निरन्तरको रुपमा चल्ने जानकारी गराउनुभयो । उक्त अभियानको जिल्लामा केन्द्रीय प्रतिनिधि एवं पार्टी केन्द्रीय सदस्य शुशीला ढकाल आचार्यले शनिबार उद्घाटन गर्नुभएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार