सोलुखुम्बुमा बाढी-पहिरोको जोखिम, उच्च सावधानी अपनाउन प्रशासनको आग्रह

  हिमाल समाचार
2.3k Shares

सोलुखुम्बु – हिमाली जिल्ला सोलुखुम्बु पनि बाढी पहिरोको जोखिम उच्च रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । देशभर निरन्तर रुपमा भईरहेको अविरल वर्षातका कारण आज आईतबारदेखि आगामी मंगलबारसम्म बाढी पहिरोको जोखिम उच्च रहेको जनाएको हो ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वाअनुमान महाशाखावाट आईतबारदेखि मंगलबारसम्म कोशी प्रदेशभर मेघ गर्जन र चट्याङसहित भारी वर्षातको सम्भावना रहेको सुचना जारी भएकाले जिल्लाभर सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले आग्रह गरेको छ ।

जिल्लामा पनि पहिरो जोखिम क्षेत्रमा ढुङ्गा खस्नुका साथै जमिनमा चिरा पर्ने र भासिन सक्ने, नदी तथा खोलाहरुमा पानीको सहत बढनुका साथै भलबाढी आउन सक्ने, विद्युत, संञ्चार, खानेपानी, यातायात अवरुद्ध हुन सक्ने, जोखिममा रहेका घर, विद्यालय, अस्पाताल, स्वास्थ्य चौकी र अन्य संरचनामा क्षति पुग्न सक्ने , दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले आग्रह गर्नुभयो ।

कार्यालयले एक सुचना नै जारी गर्दै संम्भावित जोखिम क्षेत्रमा रहेका व्यक्ति तथा समुदायका साथै सबै सरोकारवाला जिल्लावासीहरु अनुरोध गरेको छ । सम्भावित घटना न्यूनिकरण गर्न तथा उद्धारका लागि राज्यका सबै निकायहरुले समन्वय गरिदिन समेत प्रशासनले आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार