पहिरोका कारण अवरुद्ध सोताङ–सल्लेरी सडक ८ घण्टापछि खुल्यो

  हिमाल समाचार
826 Shares

सोलुखुम्बु – पहिरोका कारण अवरुद्ध सोलुखुम्बुको सोताङ–सल्लेरी सडक खण्ड करिब ८ घण्टापछि सुचारु भएको छ । मुल्ठा भिरमा खसेकोे पहिरोका कारण आईतबार राती करिब १२ बजेदेखि अवरुद्ध भएको उक्त क्षेत्रको सडक आज सोमबार विहान ८ बजेबाट सुचारु भएको हो ।

थुलुङ दुधकोशी गाउँपालिका ८ देउसाको मुल्ठामा माथीबाट झरेको ढुंगासहितको पहिरोले बन्द भएको सडक जेसिबी प्रयोग गरी खुलाइएको वडाध्यक्ष राजेश किराँतीले जानकारी दिनुभयो ।

गाउँपालिकाले उपलब्ध गराएको जेसिबीले करिब एक घण्टाको प्रयासपछि बाटोमा थुप्रिएको ढुंगा हटाएसँगै सवारी आवगमन सुचारु भएको वडाध्यक्ष किराँतीले बताउनुभयो ।

सडक अवरुद्ध हुँदा जिल्लाको महाकुलुङ र सोताङ क्षेत्रबाट काठमाण्डौँका लागि छुटेको सवारी साधनहरु केहि समय पहिरोमा रोकिएको थियो ।

यातयात सुचारु भएसँगै सवारीहरु गन्तव्यतर्फ प्रस्थान गरेको थुलुङ दुधकोशी गाउँपालिका प्रवक्त भोजराज कार्कीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार