सोलुखुम्बु – अविरल वर्षातका कारण सोलुखुम्बुको देउसा लुरुवाको एक घर जोखिममा परेको छ । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ७ लुरुवा स्थित कमल बस्नेतको घर पहिरोको जोखिममा परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
वर्षातले बस्नेतको घर अगाडी अन्दाजी २ फिट जमिन भासिएको प्रहरी निरीक्षक राम किशोर शाहले जानकारी दिनुभयो । उहाँका अनुसार घर जोखिममा परेपछि बस्नेत परिवारलाई अन्यत्र स्थान्तरण गरिएको छ ।
यस्तै साउनमा परेको निरन्तरको वषार्तले जिल्ला भित्रिने एकमात्र स्थल मार्ग साल्मे सिस्नेरी सडक खण्ड पटक पटक अवरुद्ध हुने गरेको छ ।