नेपाल महिला संघ सोलुखुम्बुले पुर्णता पायो

  हिमाल समाचार  284 पटक हेरिएको

सोलुखुम्बु – नेपाल महिला संघ सोलुखुम्बु जिल्ला कार्यसमितिले पुर्णता पाएको छ । नेपाली कांग्रेसको भातृ संगठन महिला संघको जिल्ला कार्यसमितिले आज सोमबार पुर्णता पाएको हो ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले सरला राईलाई जिल्ला अध्यक्षमा मनोनित गरेको थियो । अध्यक्ष राईले आज जिल्ला कार्यसमितिलाई पुर्णता दिँदै २३ सदस्यीय जिल्ला कार्यसमिति चयन गर्नुभयो ।

समितिको उपाध्यक्षमा टंकिमाया बस्नेत, सचिवमा सरिता कुलुङ, कोषाध्यक्षमा निर्मला कार्की थापा मगर रहनुभएको छ । समितिको सदस्यहरुमा कमला राई, सम्झना पराजुजी, आङ दाली शेर्पा, सौमाया राई, मैना बस्नेत, कमल कुमारी गुरुङ, चन्दिका कट्वाल, जुना नेपाली र बिन्दुमाया तामाङ छन ।

यस्तै मिनु बस्नेत, गिता गुरुङ, सुन्दरी वाइबा, सुनिता राई, विपना राई, भिमकुमारी मगर, फुर्वा याङ्जी शेर्पा, सरस्वति काफ्ले, विमल कमारी कुलुङ र लक्ष्मी बस्नेत सदस्यमा चयन भएको जनाइएको छ ।

समिति गठन भएपछि महिला संघको संगठन सुदृढिकरण, विस्तार गर्दै महिलाहरुको क्षमता अभिबवृद्धिको क्षेत्रमा काम गर्ने अध्यक्ष राईले बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार