महाकुलुङले एक आर्थिक वर्षमा विस्तार गर्‍यो १५ किलोमिटर सडक

  सलिना लामिछाने  533 पटक हेरिएको

सोलुखुम्बु – सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाले एक आर्थिक वर्षमा १५ किलोमिटर सडक ट्रयाक ओपन गरेको छ । आर्थिक वर्ष २०७९/८० मा पाचँ वटै वडामा गरी १५ किलोमिटर सडक विस्तार गरेको गाउँपालिकाले जनाएको छ ।

संघ प्रदेश र पालिकागत बजेट मार्फत गरिएको उक्त सडक ट्रयाक ओपन कार्यका लागि करिब ५० लाख रुपैयाँ खर्च भएको गाउँपालिका अध्यक्ष सुर्य बहादुर कुलुङले जानकारी दिनुभयो । पालिकाले विभिन्न स्थानको सडक स्तरोन्नती पनि गरेको जनाएको छ ।

प्रधानमन्त्री स्वरोजगार कार्यक्रमबाट ८ स्थानको सडकमा ११ लाख रुपैयाँ बराबरको सोलिङ गरिएको छ भने प्रदेशको २५ लाखको लागतमा वडा नम्बर ४ लगायतका क्षेत्रमा ग्याभिङ वाल र सोलिङ लगायत कार्य गरिएको अध्यक्ष कुलुङको भनाई छ ।

पालिकाले विनियोजन गरेको १ करोड १० लाखको लागतमा वडा नम्बर २, ३ र ५ मा सडक स्तरउन्नोति गरिएको अध्यक्ष राईको भनाई छ । प्रदेशको बजेटमार्फत वडा नम्बर १ को पात्ले देखि बुङ कोलामसम्म ३५ लाखको लागतमा सडक सरफाई तथा स्तरउन्नती गरिएको बताईएको छ ।

इन्द्रकुलुङ रिङ रोड सडक निर्माण कार्य पुरा गर्न गत आर्थिक वर्षमा ४५ लाख खर्च भएको उहाँको भनाई छ । वर्षातमा सवारी सञ्चालन गर्न फुवात्ति खोलामा ८ ओटा र भुवा खोलामा १२ ओटा गरी २० ओटा ह्ुमपाइप राखिएको छ । जिल्लाकै विकट महाकुलुङ पालिकाको सबै ५ वटै वडामा कच्ची सडक पुगेको गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार