सोलुखुम्बु – भालुको आक्रमणबाट घाइते बनेका सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ४ खोलाघारीका निमा तामाङलाई थप उपचारका लागि काठमाण्डौ लगिएको छ ।
गत आइतबार विहान गोठ जाने क्रममा भालुले आक्रमण गरेपछि घाइते बनेका ५१ वर्षिय तामाङलाई आज मंगलबार थप उपचारका लागि काठमाण्डौ लगिएको जिल्ला अस्पताल फाप्लुले जनाएको छ ।
तामाङलाई उपचारका लागि २ दिन सम्म जिल्ला अस्पताल फाप्लुमा उपचार पश्चात थप उपचारका लागि परिवारले हेलिकप्टर मार्फत काठमाण्डौ लगेको पारिवारिक श्रोतले जनाएको छ ।
भालुले आक्रमणबाट घाइते तामाङको टाउको, अनुहार, घाँटी र खुट्टामा चोट लागेको छ । तामाङको टाउको र घाँटीमा लागेकोे चोट जटिल बन्दै गएपछि काठमाण्डौ लगिएको परिवारले जनाएको छ ।