सोलुमा भट्टराईको अध्यक्षतामा बन्यो लघुवित्तिय संस्था विरुद्धको संर्घष समिति

  हिमाल समाचार
6.1k Shares

सोलुखुम्बु – सोलुखुम्बुमा गुणराज भट्टराईको अध्यक्षतामा लघुवित्तिय संस्था विरुद्धको संर्घष समिति गठन गरिएको छ । सोमबार नेचासल्यानमा सम्पन्न भेलाले भट्टराईको अध्यक्षतामा ४५ सदस्यीय जिल्ला संर्घष समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षद्वयमा कमला थापा र धनकुमार राई र सचिवमा सुमन राई चयन भएको संर्घष समितिका केन्द्रीय सदस्य लुजा राईले जानकारी दिनुभयो । समितिका केन्द्रीय प्रतिनिधिहरु लुजा राई र सीता महराको उपस्थितीमा नेचासल्यानमा सम्पन्न लघुवित्तिय संस्था पिडित नागरिकहरुको भेलाले उक्त समिति गठन गरेको उहाँले बताउँनुभयो ।

समितिले जिल्लामा लघुवित्तहरुको आतंक विरुद्ध संर्घषका कार्यक्रम शसक्त रुपमा अघि बढाउने अध्यक्ष भट्टराईले बताउनुभयो । लघु वित्तहरुले ऋण प्रवाह गर्ने बाहनामा गाउँघरका सोझा सिधा महिलाहरुलाई ठग्ने क्रम बढिरहेकाले यस विरुद्ध संर्घषका कार्यक्रम अघि बढाउने उहाँको भनाई छ ।

नवगठित समितिले आज मंगलबार जिल्ला प्रशासन कार्यालयमा ध्यानार्कषणपत्र पनि बुझाएको छ । समितिका अध्यक्षसहितको टोलीले प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईलाई समक्ष ध्यानाकर्षण पत्र पेश गरेका हुन् ।

लघु वित्तिय संस्था खारेज भएर गाउँघरका लघुपित्तिय संस्था पीडित महिलाहरुलाई न्यायको आभास नभएसम्म संर्घष नरोकिने अध्यक्ष भट्टराईले बताउनुभयो । लघुवित्तिय संस्थाहरुले ऋणको नाममा सोझासिधा महिलाहरुलाई ठगिरहेको भन्दै देशभर संर्घषको कार्यक्रम भईरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार