सोलु कांग्रेसको ‘आन्तरिक विशेष अभियान’ लिखुपिके पुग्यो

  हिमाल समाचार  353 पटक हेरिएको

सोलुखुम्बु – नेपाली कांग्रेस सोलुखुम्बुको ‘आन्तरिक विशेष अभियान’ जिल्लाको लिखुपिके गाउँपालिकामा पुगेको छ । पार्टीको लिखुपिके गाउँपालिका कार्यसमितिले आयोजना गरेको कार्यक्रममा जिल्ला सभापति सहितको टोलि आज लिखुपिके पुगेको हो ।

नेपाली कांग्रेसको केन्द्रीय समितिको निर्णय अनुसार संगठन सुदृढीकरणका लागि‘आन्तरिक विशेष अभियान’ अन्र्तगत जिल्लामा केन्द्रीय प्रतिनिधि पार्टी केन्द्रीय सदस्य सुशिला ढकाल आचार्यलाई खटाएको छ ।

लिखुपिके गाउँपालिका ३ मा आज मंगलबार सम्पन्न भएको कार्यक्रममा पार्टीका जिल्ला सभापति नाम्गेल जाङबु शेर्पा, सहसचिव उत्रमान खलिङ, महिला संघका जिल्ला अध्यक्ष सरला राई, उपाध्यक्ष टंकी माया बस्नेतसहितका उच्च पदस्थ नेताहरु, पार्टीका भातृ संगठनका पदाधिकारीहरुसहित अन्य नेताकार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

क्षेत्रीय, प्रदेश, पालिका र वडासम्म पार्टीलाई चलायमान बनाउन यो अभियान सफल हुने पार्टीका जिल्ला सभापति नाम्गेल जाङबु शेर्पाले विश्वास व्यक्त गर्नुभयो । अभियान जिल्लाको सबै पालिकादेखि वडा तहसम्म पुग्ने नेपाली कांग्रेसले जनाएको छ ।

सोही भेला मार्फत गंगा खत्री बस्नेतको अध्यक्षतामा १५ सदस्यीय नेपाल महिला संघ लिखुपिके गाउँकार्यसमिति गठन भएको जिल्ला अध्यक्ष सरला राईले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार