मौसमका कारण कांग्रेस सोलु प्रदेश ‘ख’को ‘आन्तरिक विशेष अभियान’ रोकियो

  हिमाल समाचार
294 Shares

सोलुखुम्बु – नेपाली कांग्रेस सोलुखुम्बु प्र्रदेश सभा क्षेत्र नम्बर ‘ख’को संगठन सुदृढीकरणका लागि‘आन्तरिक विशेष अभियान’ रोकिएको छ । पछिल्लो केहि समय बदली भएको मौसमका कारण देशभर सुरु भएको ‘आन्तरिक विशेष अभियान’ सोलुखुम्बु प्रदेश ‘ख’मा स्थगित गरिएको पार्टीका क्षेत्रीय सभापति कर्मा शेर्पाले जानकारी दिनुभयो ।

प्रदेश सभा क्षेत्रीय कार्यसमितिले आज मंगलबार एक सुचना प्रकाशित गर्दै उक्त कार्यक्रमका लागि मौसम बाधक बनेकाले तत्काललाई कार्यक्रम अगाडी बढाउन नसकिने जनाएको छ । वर्षातका कारण जताजतै बाढी पहिरोको जोखिम रहेकाले आवजावतमा समस्या हुने भन्दै मौसम सुधार भएपछि मात्रै कार्यक्रमलाई निरन्तरता दिने सभापति शेर्पाले बताउनुभयो ।

पार्टीले जारी गरेको सुचनामा भनिएको छ– उपरोक्त सम्बन्धमा त्यहाँ कार्यालयको मिति २०८०/०४/२ को “निर्देशानुसार कार्यक्रम सम्पन्न गर्नुहुन” विषयक पत्र प्राप्त भई नेपाली काँग्रेसको राष्ट्रव्यापी कार्यक्रम “आन्तरिक विशेष अभियान” अन्तर्गत १८ बुँदामा समेटिएका कार्यक्रमहरु तहाँ मातहतका तहगत कार्यसमितिसँग आवश्यक समन्वय गरी तोकिएको समयावधिभित्र पार्टीका सबै साथीहरुलाई समेटी कार्यक्रम सम्पन्न गर्नुहुन आग्रह गर्दछौं भन्ने व्यहोरा अवगत भयो । सो सम्बन्धमा विगत केहि दिनदेखि देशभर परिरहेको भारी वर्षाका कारण विभिन्न स्थानमा गईरहेको बाढी पहिरोले आवतजावतमा असहजता पैदा भएकाले साथै जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले पनि सोलुखुम्बु जिल्लामा पहिरोको जोखिम क्षेत्रभित्र दैनिक जनजिवन प्रभावित हुन सक्ने भनी अत्यन्तै जरुरी सूचना प्रकाशित गरेको परिपेक्षमा उक्त निर्देशानुसार कार्यक्रमहरु सम्पन्न गर्न हाललाई असमर्थ रहेको कुरा जानकारी गराउँदछौं । साथै निकट भविष्यमा सो अनुरुप कार्यक्रमहरु संचालन गर्ने जानकारी गर्दै सम्बन्धित वडा कार्यसमिति, पालिका कार्यसमिति र नगर कार्यसमितिले आ–आफ्नो क्षेत्रभित्र सम्भव भएसम्म पार्टिका कार्यक्रमहरु सम्पन्न गर्न र बाढी पहिरोबाट पिडित र जोखिममा परेका जनतालाई आवश्यक उद्धार र राहत सहयोग गर्नुहुन समेत यसै पत्र साथ अनुरोध गरिन्छ ।

पार्टीका क्षेत्रीय सचिवहरु चन्द्र खालिङ राई र भलाकाजी कार्कीद्वारा हस्ताक्षरित सुचनामा मौसम अनुकुल भएपछि राष्ट्रिय अभियानलाई तिब्रता दिने उल्लेख गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार