खोटाङ कांग्रेसले सक्यो ‘आन्तरिक विषेश अभियान’

  हिमाल समाचार
147 Shares

सोलुखुम्बु – नेपाली कांग्रेस जिल्ला कार्यसमिति खोटाङले पहिलो चरणको ‘आन्तरिक विषेश अभियान’ सम्पन्न गरेको छ । पार्टीको केन्द्रीय निर्णय अनुसार खोटाङ कांग्रेसले साउन २० गतेबाट सुरु गरेको अभियान ३० गते सम्पन्न गरेको पार्टीका जिल्ला सचिव ज्ञानेन्द्र जोशीले जानकारी दिनुभयो । नेपाली कांग्रेसको केन्द्रीय समितिको निर्णय अनुसार संगठन सुदृढिकरणका लागि ‘आन्तरिक विषेश अभियान’ देशभर सञ्चालन गरेको छ ।

जिल्लामा केन्द्रीय प्रतिनिधि (केन्द्रीय सदस्य) यामबहादुर गुरुङको प्रमुख आतिथ्यता तथा पार्टीका जिल्ला सभापति विष्णु कुमार राईको सभापतित्वमा मंगलबार वीपी स्मृति भवन दिक्तेलमा एक कार्यक्रमका विच सम्पन्न गरेको जनाइएको छ । खोटाङमा केन्द्रले केन्द्रीय प्रतिनिधिको रुपमा गोमा भट्टराईलाई तोकिएको भएतापनि पारिवारिक कारण उहाँ उपस्थित हुन नसकेपछि केन्द्रले गुरुङलाई समापनमा जिल्ला खटाएको हो ।

कार्यक्रममा बोल्दै केन्द्रीय प्रतिनिधि याम बहादुर गुरुङले पार्टीको महत्वपूर्ण जिम्मेवारी बोकेर खोटाङ आउने अवसर प्राप्त भएकोमा आफू हर्षित भएको बताउदै अब केन्द्रको छहारीमा खोटाङ र आफ्नो जिल्ला लमजुङ विच सांगठानिक र भावनात्मक सम्बन्ध गाँसिएको बताउनुभयो ।

आन्तरिक विषेश अभियान समापन कार्यक्रममा उपसभापतिद्वय तीर्थराज भट्टराई र इवन राई, महाधिवेशन प्रतिनिधि सुमनवावु आचार्य, पत्रकार कृष्ण आचार्य, तरुणदल केन्द्रीय सदस्य तथा नेता रोजन राई, जिल्ला सदस्य विष्णुराज राई, दिक्तेल रुपाकोट मझुवागढी नगर कार्य समिति सभापति प्रकाश श्रेष्ठ, रावावेशी गाउँ कार्यपालिका सभापति फटिककुमार श्रेष्ठ, नेवि संघ केन्द्रीय सदस्य राजकुमार बस्नेत, प्रदेश प्रतिनिधि अन्जना बस्नेत लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार