सोलुखुम्बु – सोलुखुम्बुको महाकुलुङ गाउँपालिका अध्यक्ष सुर्य बहादुर कुलुङले पर्यटन पर्वद्धनमा सोचे अनुसार काम गर्न नसकेको स्विकार गर्नुभएको छ । हिमाल एफ.एम.को कार्यक्रम हाम्रो सरोकारमा कुरा गर्दै अध्यक्ष कुलुङले पालिकामा पर्यटनको प्रचुर सम्भावना हुँदा हुँदै पनि यसको पर्वद्धनका लागि काम गर्न नसकेको स्किार गनुभयो ।
जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिका पछि सबै भन्दा पर्यटकीय पालिका महाकुलुङ भएपनि यसलाई आफुहरुले विकास र पहिचान गर्न नसकेको उहाँको भनाई छ । पर्यटन पर्वद्धन गरी पर्यटकको हबको रुपमा महाकुलुङलाई विकास गर्ने आफ्नो योजना रहेपनि आफुले त्यसको मेसो पाउन नसकेको अध्यक्ष कुलुङको स्विकारोक्ती छ ।
मेरा पिकदेखि लबुचे लगायतका थुप्रै हिमश्रंखलाहरु रहेका महाकुलुङको परिचयलाई पर्यटनको माध्यमबाट समेत चिनाउन आफु लागि परेकाले ५ वर्ष भित्र लक्ष्यमा पुगेरै छोड्ने उहाँको दृढता छ । विगतमा जिल्लाको विकट कर्णाली भनेर परिचित महाकुलुङलाई स्थानीय सरकार आएपछि विकासको गतिमा अगाडी बढाएको भन्दै अब त्यो परिचय फेरिएको अध्यक्ष कुलुङको दाबी छ ।
स्वास्थ्य, शिक्षा, खानेपानी, सडक लगायत हरेक कुरामा महाकुलुङ जिल्लाको अन्य पालिका भन्दा कम नरहेकाले महाकुलुङलाई अब विकट भन्ने ठाउँ नरहेको उहाँको भनाई छ ।