सोलुमा ५ सय बढी युवाले गर्दै व्यावसायिक च्याउ खेती

  सलिना लामिछाने  598 पटक हेरिएको

सोलुखुम्बु – सोलुखुम्बुमा झण्डै ५ सय जना भन्दा बढी युवाहरुले व्यावसायिक रुपमा कन्ये र सिताके च्याउ खेती गर्दै आएका छन् । युवा लक्षित कार्यक्रम अन्र्तगत जिल्लाको विभिन्न पालिकाका ५३६ जना युवाहरुले व्यावसायिक च्याउ खेती गर्दै आएको कृृषि ज्ञान केन्द्र सोलुखुम्बुले जनाएको छ ।

जिल्लामा ४७८ जनाले कन्ये च्याउ र ५८ जनाले सिताके च्याउ खेती गर्दै आएको ज्ञान केन्द्रका निमित्त प्रमुख दुर्गा बहादुर तिरुवा जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाको नेचासल्यान, सोताङ, थुलुङदुधकोशी र खुम्बु पासाङ ल्हामु गाउँपालिकामा च्याउ खेतीका लागि ज्ञान केन्द्रले अनुदान उपलब्ध गराएको छ ।

गत आर्थिक वर्ष २७.४४ मेट्रिकटन कन्ये च्याउ र २०० केजी सिताखे च्याउ उत्पादन भएको प्रमुख तिरुवाले बताउनुभयो । जिल्लामा उत्पादित च्याउहरु यहि खपत हुने गरेको बताइएको छ ।

कन्ये च्याउ परालको प्रयोग गरी उमारिन्छ भने सिताके च्याउको खेती उत्तिस, लाकुरे, ओखर, कटुसजस्ता रुखका मुढाहरुमा गरिने कृषि प्राविधिकहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार