ओखलढुंगामा भिरबाट लडेर एक महिलाको ज्यान गयो

  हिमाल समाचार
1k Shares

सोलुखुम्बु – ओखलढुंगामा भिरबाट लडेर एक महिलाको ज्यान गएको छ । ज्यान गुमाउनेमा जिल्लाको चम्पादेवी गाउँपालिका–१ दासिङटारकी ३० वर्षीया संगीता मगर रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

प्रहरीका अनुसार साउन ३१ गते दिउँसो घाँस काट्न घरबाट गएकी मगर राति अवेरसम्म घर नफर्किएपछि आफन्तहरुले खोजतलास गर्दा सखारी पाखामा मृत फेला परेको थियो ।

मगर भिरबाट करिब २ सय ५० मिटर तल खसेको जनाइएको छ । मृतकको शव पोष्टमार्टमका लागि बिहिबार रामेछापको मन्थली पठाइएको छ भने घटनाको बारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार