सोलुखुम्बु – सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा सोमिना कुलुङको अध्यक्षतामा कांग्रेसको भातृसंगठन नेपाल महिला संघ गठन गरिएको छ । आज शुक्रबार महाकुलुङमा नेपाल महिला संघ जिल्ला कार्यसमितिले कुलुङको अध्यक्षतामा १३ सदस्यीय पालिका स्तरीय समिति गठन गरिएको नेपाली कांग्रेसका जिल्ला सहसचिव उत्रमान खालिङले जानकारी दिनुभयो ।
उहाँका अनुसार समितिको उपाध्यक्षमा दिपा कुलुङ, सचिवमा कविता कुलुङ र कोषाध्यक्षमा हस्तमाया कुलुङ चयन हुनुभयो । नवगठित समितिले वडा तहसम्म संगठन विस्तारलाई तिब्रता दिने बताइएको छ ।
कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै नेपाली कांग्रेस महाकुलुङ गाउँपालिका समिति सभापति बल कुमार कुलुङले हाल सम्म महिला संघ पार्टीमा सकृय नभएपनि आगामी दिनमा महिला संघले सकृया बढाउने विश्वास व्यक्त गर्नुभयो ।
सभाध्यक्षताको आसनबाट बोल्दै महिला संघकी जिल्ला अध्यक्ष सरला राईले महिला संघले सक्षम महिलाहरुलाई पार्टीमा नेतृत्व गर्ने अवसर दिलाउन लागि पर्ने बताउनुभयो । जसका लागि कोटालाई भन्दा बढी क्षमताको आधारमा खुला प्रतिस्पर्धाबाट नेतृत्वका लागि अग्रसर हुन आवाहन गर्नुयो ।
महिला नेतृ एवं महिला संघका जिल्ला उपाध्यक्ष टंकी माया बस्नेतले नेतृत्वका लागि महिला आफै अग्रसर नभए पछि पर्ने धारणा राख्नुभयो । जसका लागि पार्टीले समेत महिलालाई उचित स्थान दिन सक्नुपर्ने उहाँको भनाई छ ।
कार्यक्रममा महाकुलुङ गाउँपालिका उपाध्यक्ष विपना कुलुङ, महिला संघ जिल्ला सचिव नम्रता कुलुङसहित अन्य नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।