सोलुखुम्बुमा पनि लघुवित्त पीडित महिलाहरु धेरै छन् : संर्घष समिति सदस्य राई

  हिमाल समाचार
1.1k Shares

सोलुखुम्बु – लघुवित्तिय संस्था विरुद्धको संर्घष समितिका केन्द्रीय सदस्य लुजा राईले सोलुखुम्बुमा पनि लघु वित्त पीडित महिलाहरु धेरै रहेको दाबी गनुभएको छ । हिमाल एफ.एम.को कार्यक्रम हाम्रो सरोकारमा कुरा गर्दै सदस्य राईले जिल्लाको विभिन्न स्थानका महिलाहरुलाई लघु वित्तहरुले ठगिरहेको जिकिर गर्नुभयो ।

ऋणको नाममा गाउँगाउँका सोझासिधा महिलाहरुलाई लघु वित्तहरुले आतंक नै सृजना गरेकाले आफुहरु न्यायका लागि उत्रिएको बताउनुभयो । जसका लागि केन्द्रदेखि जिल्ला जिल्ला तहसम्म संर्घषका कार्यक्रम लिएर पुगिरहेको उहाँको भनाई छ । ऋण दिएर महिलाहरुलाई गुण लगाएपनि व्याजको नाममा १८ प्रतिशत सम्म बढी व्याज असुल्ने गरेको तथ्य फेला परेको सदस्य राईले दाबी गर्नुभयो ।

जसका कारण कतिपय महिलाहरुलाई उठिबास नै लगाएको उहाँको भनाई छ । जिल्लाको नेचासल्यानमा आफुहरुले आयोजना गरेको कार्यक्रममा सयौँ लघुवित्तिय संस्था पीडित महिलाहरु भेला भएको उहाँले बताउँनुभयो ।

उक्त कार्यक्रममा समेत महिलाहरुले आफुहरु ठगिन पुगेकाले उद्धार गरिदिन आग्रह गरेको सदस्य राईको भनाई छ । जिल्लाभरका पीडित महिलाहरुलाई गोलबद्ध गरी न्याय दिलाउने उदेश्यका साथ सोलुमा पनि लघुवित्तिय संस्था विरुद्धको संर्घष समिति गठन गरिएको जानकारी गराउनुभयो ।

जिल्लामा गुणराज भट्टराईको अध्यक्षतामा बनेको संर्घष समितिमा आवद्ध भई अन्याय र ज्यादती विरुद्ध एक भएर लड्नसमेत उहाँले आवाहन गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार