सोलुदुकुण्डका ८ हजार बढी पशुलाई गोठमै लम्पी स्किन विरुद्धको खोप !

  हिमाल समाचार
609 Shares

सोलुखुम्बु – सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाको ८ हजार भन्दा बढी गाईभैँसीलाई गोठमै पुगेर लम्पी स्किन विरुद्धको खोप लगाइएको छ । नगरपालिकाले सुरु गरेको लम्पी स्किन महामारी विरुद्धको अभियानमा ८ हजार ३ सय ८५ वटा गाईभैँसीलाई गोठमै पुगेर खोप लगाइएको हो ।

नगरपालिकाले ११ वटै वडामा सुरु गरेको अभियानबाट सबै भन्दा बढी वडा नम्बर २ मा १ हजार ८ सय ७५ र सबै भन्दा कम वडा नम्बर ९ मा ४५० वटा गाईभैँसीलाई खोप लगाइएको नगरपालिका पशु सेवा शाखाले जनाएको छ ।

वडा नम्बर १ मा १ हजार २५, वडा नम्बर ३ मा ६७५, वडा नम्बर ४ मा ५७५, वडा नम्बर ५ मा ५५०, वडा नम्बर ६ मा ६१०, वडा नम्बर ७ मा ७७५,, वडा नम्बर ८ मा ४७५, वडा नम्बर १० मा ९०० र वडा नम्बर ११ मा ७७५ वटा घर पालुवा पशुहरुलाई खोप लगाइएको नगरको तथ्यांक छ ।

खोप अभियान जारी रहेकाले यो संख्या बढ्न सक्ने बताइएको छ । लम्पी स्किनका कारण सोलुदुधकुण्डमा हालसम्म २४ वटा पशुचौपाय मरेका छन् भने ७१५ वटा संक्रमित रहेको जनाइएको छ ।

समयमै खोप अभियान सञ्चालन गरेकाले थप क्षति हुनबाट जोगिएको नगर प्रमुख नाम्गेल जाङबु शेर्पाले बताउनुभयो । नगरपालिकाले वडा मार्फत गोठगोठमै पशु प्राविधिकहरु खटाई खोप अभियान सञ्चालन गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार