सोलुखुम्बु – नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि प्रकाश सिं कार्कीले तरुण दल र नेविसंघले सोलुमा युवाहरुको मन जित्न सक्नुपर्ने बताउनुभएको छ । कांग्रेस नेता कार्कीले तरुणदल र नेविसंघको केन्द्रीय सदस्यमा सोलुखुम्बुबाट मनोनित भएकाहरुलाई शुभकामना तथा बधाई ज्ञापनका लागि आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभयो ।
तरुणदल र विद्यार्थी नेताहरुले युवाहरुको मन जित्न सक्ने भएकाले युवाको उपस्थिती विना पार्टी बलियो नहुँने भन्दै यसमा विद्यार्थी र तरुण लाग्नुपर्ने उहाँको धारण छ । यस्तै सोताङ गाउँपालिका अध्यक्ष एवं कांग्रेस नेता खिलराज बस्नेतले सोलुखुम्बुमा कांग्रेस एक ढिक्का भएर अघि बढ्नुको विकल्प नरहेको बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव युवराज घिमिरे, महासमिति सदस्य एवं पर्यटन व्यवसायी आङ छिरिङ शेर्पा, प्रदेश ‘ख’का सभापति कर्मा शेर्पा, पुर्वमहासमिति सदस्यहरु राम बहादुर बस्नेत, हुत्तराज बस्नेत, सम्भुहरी बास्तोला लगायत नेपाली कांग्रेसका विभिन्न नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको सहकर्मी धनकुमार ढुंगेलले जानकारी दिनुभयो ।
कांग्रेस नेता प्रकाश सिं कार्कीले आयोजना गरेको उक्त कार्यक्रममा सोलुखुम्बुबाट केन्द्रीय सदस्यमा मनोनित भएका नेविसंघका १० जना र तरुणदलका ४ जनासहित अन्य भातृ संगठनका नेताहरु सम्मानित भएका थिए । कार्यक्रम काठमाण्डौँको कमलपोखरी स्थित होटल हुकुम दरबारमा शुक्रबार सम्पन्न भएको हो ।