वाकु वडा कार्यालयले दियो काठमाण्डौँबाट सय बढी वडाबासीलाई प्रशासनिक सेवा

  हिमाल समाचार
1.1k Shares

सोलुखुम्बु – सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका ७ ले काठमाण्डौँको जोरपाटीबाट घुम्ती सेवा कार्यक्रम मार्फत एक सय जना भन्दा बढी वडाबासीलाई प्रशासनिक सेवा प्रदान गरेको छ ।

वडा कार्यालयले बिहिबार र शुक्रबार गरी करिब १०० जनालाई काठमाण्डौँको जोरपाटीबाट सेवा प्रदान गरेको हो । जसमा मालपोत रसिद, जन्मदर्ता, विवाह दर्ता, मृत्यु दर्ता, सामाजिक सुरक्षाभत्ता नविकरण, नाता प्रमाणित लगायतका सेवाहरु रहेको वडाध्यक्ष सगुजित राईले जानकारी दिनुभयो ।

वाकु घर घर भई काठमाण्डौमा गएर बसोबास गर्दै आएका वडाबासीहरुलाई काठमाण्डौँको जोरपाटी चामुण्डा स्थित शेर्पा पार्टी प्यालेसबाट सेवा प्रवाह गरिएको बताइएको छ । उक्त सेवा कुलुङ शेर्पा किदुकको व्यवस्थापकिय सहयोगमा प्रदान गरिएको वडा कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार