सोलुखुम्बु – भालु आतंकको दृटिले सोलुखुम्बु देशकै अग्रस्थानमा रहेको डिभिजन वन कार्यालय सोलुखुम्बुका निमित्त प्रमुख रामजी शाहले बताउनुभएको छ । हिमाल एफ.एमको कार्यक्रम हाम्रो सरोकारमा कुरा गर्दै प्र्रमुख शाहले देशको ७७ जिल्ला मध्ये भालु आतंकको हिसाबले सोलुखुम्बु अग्र स्थानमा रहेको दाबी गर्नुभयो ।
दोश्रोमा ताप्लेजुङ र तेश्रोमा पाँचथर पर्न सक्ने उहाँको भनाई छ । देशको अन्य जिल्लाहरुमा वन क्षेत्र ठुलो भएता पनि सोलुमा भने भालुको विगविगी अत्यन्त रहेको निमित्त प्रमुख शाहले बताउनुभयो । जिल्लामा भालुको आतंकका कारण वर्षेनी मानिसहरु घाईते हुने गरेका छन् भने बालीनालीमा समेत क्षति प¥याउने गरेको छ ।
जिल्लामा खेतीयोग्य जमिन मासिदै जाँनु र वन क्षेत्र बढ्दै जानुले जंगली जिवजन्तुको पँहुच मानव बस्ती सम्म बढ्दै गएको उहाँको भनाई छ । भालुले बच्चा हुर्काउने समयमा मानिस माथि आक्रमण गर्न सक्ने सम्भावना बढी हुने भएकाले साँझ विहान हिडडुल गर्दा अत्यन्त सावधानी अपनाउन डिभिजन वन कार्यालय सोलुखुम्बुले आग्रह गरेको छ ।
नेपालको कानुन अनुसार जंगली जिवजन्तुलाई मार्न नपाइने भएकाले यसबाट जोगिनुको विकल्प नरहेको वन कार्यालय प्रमुख शाहले बताउनुभयो । जिल्लाको सुरुमै भालुको आक्रमणबाट एक जना घाईते भएका छन् । उनको काठमाण्डौँमा उपचार भईरहेको वन कार्यालयले जनाएको छ ।