सोलुमा आँखा पाक्ने प्रकोप तिब्र रुपमा फैलिदै छ : आँखा केन्द्र प्रमुख ताम्राकार

  हिमाल समाचार
0 Shares

सोलुखुम्बु – सोलुखुम्बुको जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुका प्रमुख विधान ताम्राकारले जिल्लामा आँखा पाक्ने संक्रमण तिब्र गतिमा फैलिरहेको बताउनुभएको छ । हिमाल एफ.एम.को कार्यक्रम हाम्रो सरोकारमा कुरा गर्दै आँखा केन्द्र प्रमुख ताम्राकारले काठमाण्डौँ तथा तराईका जिल्लाबाट भित्रिने व्यक्तिहरुबाट जिल्लामा आँखा पाक्ने रोक भित्रिएको बताउनुभयो ।

करिब दुई हप्ता अघि सम्म दैनिक ४/५ जना बिरामी आँखा पाक्ने समस्या लिएर आउने गरेकोमा अहिले दोब्बरले बढेर दैनिक १०/१२ जना सम्म पुगेको उहाँको भनाई छ । अधिकांश बिरामीहरुको कन्ट्रयाक ट्रेसिङ हेर्दा काठमाण्डौँ तथा विराटनगरबाट आएका व्यक्तिहरुसँगको सम्पर्क रहेको प्रमुख ताम्राकारले बताउनुभयो ।

जिल्लाको ८ स्थानीय तह बाहेक लिखुपिके र खुम्बुको विवरण नभएको र बाँकी पालिकाहरुमा संक्रमण फैलिसकेको उहाँले बताउनुभयो । यो रोग आँखामा आँखा जुदाएर हेर्दैमा नसर्ने भएकाले संक्रमितले आँखामा पयोग गरेका रुमाल, कपडाहरुको प्रयोगबाट तथा संक्रमितको आँखामा छोएर आफ्नो आँखामा छुँदा सर्ने उहाँको भनाई छ ।

जसका लागि व्यक्तिगत सरसफाईमा ध्यान दिन चिकित्सकको सुझाव छ । साथै कतिपयले आँखा रातो हुने, चिलाउने, विजाउने तथा पोल्ने समस्या देखिएमा आफुखुसी मेडिकलमा गएर औषधी लिने गरेकाले आँखा जस्तो संवेदनशिल विषयमा खेलवाड नगर्न समेत आँखा केन्द्र्र प्रमुृख ताम्राकारले आग्रह गर्नुभयो । आँखा पाक्ने संक्रमणका लागि औँषधीको प्रयोगबाट निको हुने भएकाले नआँत्तिकन अस्पताल आउन समेत उहाँको सुझाव छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार