सोलुखुम्बु – सोलुुखुम्बु भन्ने वितिक्कै यहाँका हिमाली भेगका शेर्पा समुदायको बाहुल्यता झल्किने गर्दछ । फरक रहनसहन तथा फरक संस्कार संस्कृतिले शेर्पा समुदायको अर्को परिचय पनि हो । तर पछिल्लो शेर्पा पुस्ताले समुदायको पुख्र्यौली नाँच स्याब्रु भुल्दै गएको पाइन्छ । स्याब्रु नाच बौद्धमार्गी शेर्पा समुदायको प्रचलित मौलिक नाच हो ।
चाडपर्व र मेला लगायतका अवसरमा सामूहिक रुपमा नाचिने स्याब्रु नाच हराउँदै जान थालेको छ । शेर्पा समुदायले आयोजना गर्ने हरेक शुभकार्यमा स्याब्रु नाच अनिवार्य मानिन्छ । स्याब्रु नाचले कार्यक्रमको शोभा समेत बढाउने गरेको छ । तर पछिल्लो पिँढीहरुले भने स्याब्रु नाँच भुल्दै गएको सोलुखुम्बु दोर्पुकी पेमडोमा शेर्पाको चिन्ता छ ।
सल्लेरीका दावा शेर्पालाई आफु सानो छँदा नाचिने तथा गाईने स्याब्रु नाच मनस्पटलमा झलझलि आईरहन्छ । तर पछिल्लो पुस्ताहरुले यसलाई भुल्दै गएसँगै स्याब्रु नाच्ने चलन हराउँदै जाँदा आफुले समेत विर्सदै गएको उहाँको भनाई छ । शेर्पा समुदायले स्वागत तथा विदाई गर्दा आफैले गाउँदै आफै नाच्ने नाँचलाई स्याब्रु भनिन्छ ।
अघिल्ला पुस्ताका शेर्पाहरुले मृत्यु संस्कार बाहेक अन्य कार्यमा स्याब्रु नाँचलाई अपरिहार्य नै ठान्ने गर्दथे । तर पछिल्लो समयका पुस्ताहरु यसको सट्टा रेर्कड गरिएका हिन्दी अग्रेजी गितहरुमा रम्ने गरको सोलुखुम्बु पत्तालेकी किन्जु शेर्पाको दुखेसो छ ।
हिमाली जिल्ला सोलुखुम्बु र शेर्पा समुदाय कतिलाई पर्यावाची जस्तै लाग्ने गर्छ । हिमाली भेगमा बस्न रुचाउने शेर्पा समुदायको पनि अन्य समुदायको जस्तै छुट्टै भाषा, बोलीचाली र संस्कार संस्कृति छन् ।-फायल फोटो