सोलुखुम्बु – सोलुखुम्बुको नेचासल्यानमा एक दिने निःशुल्क दन्त शिविर सञ्चालन हुने भएको छ । वीपी कोइरालाको जन्म जयन्तीको अवसरमा वीपी विचार राष्ट्रिय समाज सोलुखुम्बुले यहि भदौ २२ गते शिविर सञ्चालन गर्ने भएको हो ।
ॐ चावहिल डेन्टल हस्पिटलसँगको सहकार्यमा निःशुल्क शिविर सञ्चालन गर्न निधो गरेको समाजका जिल्ला अध्यक्ष चन्द्र प्रसाद आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार नेचासल्यान गाउँपालिका ३ मा रहेको हिमाल दर्शन माविमा विशेषज्ञ डाक्टरहरुको उपस्थितिमा शिविर सञ्चालन गरिने छ ।
बिरामीको चापको आधारमा आवश्यकता परे एक दिन थप गर्न सकिने उहाँको भनाई छ । शिविरमा दाँत परीक्षण, सफाई, दाँत झिक्ने लगायतका सेवा प्रदान गरिने आयोजकले जनाइएको छ ।