सोलुखुम्बु – हिमाली जिल्ला सोलुखुम्बुमा खिचिएको बालबालिकाको तस्विरले काठमाण्डौँको फोटो प्रदर्शनीमा स्थान पाएका छन् । १८४ औँ फोटोग्राफी दिवसको अवसरमा भदौ २ गते शनिबार काठमाडौँको हनुमानढोका परिसरमा आयोजित फोटो प्रदर्शनीमा जिल्लाको विभिन्न क्षेत्रमा खिचेको तस्विरले स्थान पाएका हुन् ।
ओखलढुंगाको सिद्धिचरण नगरपालिका–७ का कुशल श्रेष्ठले लिएका तस्वीरहरुले स्थान पाएको जनाइएको छ । राष्ट्रिय फोटो पत्रकार समूह नेपालले सिविन–नेपालसँगको सहकार्यमा ‘बालबालिका राष्ट्रिय गौरव हुन् (तस्वीरमा बाल बालिका)’ नाम दिएर देश भरका फोटोग्राफरले खिचेका बाल बालिकाका फोटोहरु प्रदर्शनीमा राखिएको थियो ।
देश भरका २५ जना फोटो पत्रकारले खिचेका बाल अधिकारको संरक्षण र प्रवद्र्धनमा समाजमा आएको सकारात्मक परिवर्तनलाई चित्रण गर्ने ६० वटा तस्वीरहरु छनौट गरि प्रदर्शनीमा राखिएको थियो ।
उक्त प्रदर्शनीमा ओखलढुंगा र सोलुखुम्बु जिल्लाका बाल बालिकाको फोटो पठाएकोमा सोलुखुम्बुका बाल बालिकाको फोटोले स्थान पाएको फोटोग्राफर श्रेष्ठल बताउनुभयो ।