सोलुखुम्बु – खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानी छेतुवाकी २७ वर्षीय सुत्केरी अलिशा विश्वकर्माको ज्यान गएकोे छ । छाती दुख्ने, श्वास फेर्न अप्ठ्यारो हुने लगायतका समस्या देखिएपछि उपचारमा बिराटनगर लगेका सुत्केरीको भदौ २ गते ज्यान गएको पारिवारिक श्रोतले जनाएको छ ।
गत असार ६ गते दोश्रो सन्तानको रुपमा छोरा जन्माएकी अनिशालाई साउन ३१ गते कोशी अस्पताल बिराटनगर लगिएको थियो । कोशी अस्पतालले अन्यत्र लैजान भनेपछि बिराट मेडिकल कलेजमा लगेर उपचार गर्ने क्रममा सुत्केरीको ज्यान गएको हो । उहाँको मुटुको समस्याको कारण मुत्यु भएको अस्पतालले परिवारलाई जानकारी दिएको छ ।
विश्वकर्मा परिवार हाल उदयपुरको चौदण्डीगढी नगरपालिका–२ माडिबास बस्दै आउनुभएको छ । ईमरजेन्सीमा २४ घण्टासम्म उपचार गर्दा बिरामीको स्वास्थ्यमा सुधार नदेखिएपछि कोशी अस्पतालले अन्यत्र लैजान भनेपछि भदौ १ गते बिराट मेडिकल कलेजमा लगिएको थियो ।
ईमरजेन्सीमा २४ घण्टासम्म उपचार गर्दा बिरामीको स्वास्थ्यमा सुधार नदेखिएपछि कोशी अस्पतालले अन्यत्र लैजान भनेपछि भदौ १ गते बिराट मेडिकल कलेजमा लगिएको थियो ।
बिराट मेडिकलमा आइसियुमा राखिएकी अलिशालाई सोही दिन राती भेन्टिलेटरमा सारिएकोमा भदौ २ गते बिहान ज्यान गएकोे जानकारी पाएको मृतकका श्रीमान रमेश विश्वकर्माले बताउनुभयो । उहाँको भदौ ३ गते माडिबास लगेर दाहसंस्कार गरिएको छ भने दुई महिने बच्चाको हेरचाहमा समस्या भएको छ ।