सोलुखुम्बुमा दशैँ तिहार लक्षित नुन वितरण सुरु

  हिमाल समाचार
1.9k Shares

सोलुखुम्बु – साल्ट्रेडिङ कर्पोरेसन शाखा कार्यालय सल्लेरीले चाडपर्व लक्षित अनुदानमा नुन वितरण सुरु गरेको छ । कार्यालयले आगामी कार्तिक मसान्त सम्मका लागि दशैँ तिहार लक्षित नुन वितरण सुरु गरेको कार्यालय प्रमुख श्याम कुमार शाहले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्लाको सोताङ र महाकुलुङ गाउँपालिका बाहेकका पालिकाका नागरिकहरुलाई प्रतिघर १५ केजीका दरले नुन वितरण गरिने छ । जसका लागि वडा कार्यालयको सिफारिस अनिवार्य रहेको प्रमुख शाहले बताउनुभयो ।

अघिल्लो वर्ष ढिला गरी चाडपर्व लक्षित नुनको कोटा निर्धारण गर्दा कतिपयले नपाएको गुनासो आएकाले यस वर्ष समयमै वितरण सुरु गरिएको कार्यालयले जनाएको छ ।

चालु आर्थिक वर्षका लागि सल्लेरी नुन डिपोलाई ४ हजार ६ सय ९० क्विन्टल नुन कोटा स्विकृत भएको छ भने सोताङ र महाकुलुङका लागि १ हजार ३ सय २८ क्विन्टल कोटा स्विकृत भएको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार