सोलुखुम्बु – नेकपा एमालेका नेता रघुजी पन्तले शेर्पा समुदायविरुद्ध दिएको अभिव्यक्ति प्रति नेपाल शेर्पा विद्यार्थी संघले विरोधका कार्यक्रम अघि सारेको छ । अभिव्यक्ति विरुद्ध नेपाल शेर्पा विद्यार्थी संघले यही भदौ ७ गते विहीबार माईतीघर मण्डलामा विरोध सभा तथा धर्ना कार्यक्रम गर्ने निर्णय गरेको हो ।
गत पुस १९ गतेको एक कार्यक्रममा एमाले नेता पन्तले शेर्पालाई लक्षित गर्दै अभिव्य समुदायमाथि आघात पग्ने गरी दिएका थिए । जनसांस्कृतिक महासंघको कार्यक्रममा एमाले नेता पन्तले तेन्जिङ नोर्गेले सगरमाथा चढेपछि शेर्पा जाती अस्तित्वमा आएको टिप्पणी गर्नुभएको थियो ।
शेर्पा जातीलाई हेपेर दिएको अभिव्यक्ति सच्याउन र माफीको माग गर्दै सडकमा उत्रन लागिएको नेपाल शेर्पा विद्यार्थी संघ, संघर्ष समिति संयोजक फूर्वा छिरिङ शेर्पाले जानकारी दिनुभयो ।
विरोध सभामा ऐक्यबद्धताका साथ सहभागीताका लागि सम्पुर्ण शेर्पा संघसंस्थालाई पत्राचार गरिएको अध्यक्ष शेर्पाले बताउनुभयो ।