सोलुदुधकुण्डमा ‘लम्पी स्किन’ नियन्त्रणमा आयो – नगरपालिका

  हिमाल समाचार
140 Shares

सोलुखुम्बु – सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाले आफ्नो पालिकामा ‘लम्पी स्किन’ महामारी नियन्त्रणमा आएको दाबी गरेको छ । गत जेष्ठ महिनादेखि सोलुदुधकुण्ड नगरपालिका क्षेत्रभित्रका पशुचौपायामा फैलिएको ‘लम्पी स्किन’ रोग साउनबाट नियन्त्रणमा आएको नगरपालिकाको दाबी गरेको हो ।

नगरले एक विज्ञप्ति जारी गर्दै संक्रमण फैलिए लगत्तै पालिकाले निःशुल्क रुपमा गोठ–गोठमै पुगेर भ्याक्सिन तथा औषधी वितरण गरेसँगै साउन यता रोग पुर्ण रुपमा नियनत्रणमा आएको बताएको छ । ११ वटै वडामा सुरु गरेको ‘लम्पी स्किन’ विरुद्धको खोप अभियान मार्फत ८ हजार ४८५ घरपालुवा पशुचौपायाहरुलाई खोप लगाइएको नगरपालिकाको तथ्यांक छ ।

उक्त अवधिमा ७२० वटा संक्रमित पशुको उपचार गरिएको छ भने ३४ वटाको मृत्यु भएको नगरपालिका पशु सेवा शाखाले जनाएको छ । देशभर तिब्र रुपमा ‘लम्पी स्किन’ महामारी फैलिएसँगै सोलुदुधकुण्ड नगरपालिकाले जिल्लामै पहिलो पटक खोप अभियान सुरु गरेको थियो ।

नियन्त्रणका लागि खटिने जनप्रतिनिधि, पशु स्वास्थ्य प्राविधिक, कृषक लागयत सहयोगी सबैमा धन्यवाद ज्ञापन गरेको छ भने आगामी दिनमा यस्ता किसिमका महामारी नियन्त्रणका लागि नगरपालिका सदैव नागरिकको साथमै रहेको जनाएको छ ।

नगरपालिकाले जारी गरेको विज्ञप्ति-

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार