नेपाल महिला संघ सोलुदुधकुण्डको अध्यक्षमा खड्का

  हिमाल समाचार  725 पटक हेरिएको

सोलुखुम्बु – नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला संघ सोलुदुधकुण्ड नगरकार्य समितिको अध्यक्षमा मिथुला खड्का चयन हुनुभएको छ । मंगलबार कांग्रेस पार्टी कार्यालय बसन्त बजार सल्लेरीमा सम्पन्न भेलाले खड्काको अध्यक्षतामा २३ सदस्यीय नगरकार्य समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा इश्वरी खड्का, सचिवमा पुष्पा तामाङ र कोषाध्यक्षमा दम कुमारी मगर चयन हुनुभएको नेपाली कांग्रेसका जिल्ला सहसचिव उत्रमान खालिङ राईले जानकारी दिनुभयो ।

सदस्हरुमा कमला खालिङ राई, मिना खालिङ राई, आङ पेलु शेर्पा, चरी माया तामाङ, प्रमिला तामाङ, सँगिता वि .क., विपना घतानी, सरस्वति कार्की परियार, युटी शेर्पा, सावित्रा कट्वाल, मिना खत्री बस्नेत, लक्ष्मी कुमारी मगर, पासाङ फुटी शेर्पा, गैया फुरी तामा, दावा साङ्मु तामाङ, समिता माया मगर, चोली माया मगर, अनिता तामाङ र दावा केल्मु शेर्पा रहेका छन् ।

कार्यक्रममा बोल्दै पार्टीका जिल्ला सभापति नाम्गेल जाङ्बु शेर्पाले नगर क्षेत्रमा महिलालाई संगठित गराउन नवगठित समितिले भुमिका खेल्नुपर्ने बताउनुभयो । महिलाको नेतृत्व विकास र राजनितिक चेतनाको स्तर माथि उकास्न समेत महिला संघले अग्रणी भुमिका निर्वाह गर्नुपर्ने सभापति शेर्पाको जोड छ ।

यस्तै महिला संघकी जिल्ला अध्यक्ष सरला राईले महिलाहरु अब चुलोचौकामा मात्रै सिमित हुने जमना गएकाले नेतृत्व गर्न अग्रसर हुन आग्रह गर्नुभयो । जसका लागि सबै महिलाहरुको प्रतिनिधित्व गर्न महिला संघ सक्षम रहेको जिकिर गर्नुभयो ।

कार्यक्रममा पार्टीका जिल्ला उपसभापति फुदोर्जी शेर्पा, महिला संघकी उपाध्यक्ष टंकी माया बस्नेत, जिल्ला समन्वय समिति सोलुखुम्बुका उपप्रमुख टिका माया मगर, सचिव सरिता कुलुङ (नम्रता)सहित महिला नेतृहरु तथा पार्टीका जिल्ला स्तरिय नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

नेपाल महिला संघले जिल्लामा पालिका स्तरिय संगठन विस्तारलाई तिब्रता दिएको छ । संघले यस अघि जिल्लाको लिखुपिके, सोताङ र महाकुलुङमा संगठन विस्तार गरिसकेको छ भने यो अभियान जारी रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार