सोलुखुम्बु – पुर्वी नेपालकै सर्वोत्कृष्ट रेडियो स्टेशन हिमाल एफ.एफ. ९०.२ मेगाहर्ज सोलुखुम्बुको स्टेशन म्यानेजरको जिम्मेवारी सुबास दर्नाललाई प्रदान गरिएको छ । आज विहीबार एक कार्यक्रमका विच कम्पनीका प्रबन्धक निर्देशक भानुभक्त निरौलाले दर्नाललाई स्टेशन म्यानेजरको जिम्मेवारी प्रदान गर्नुभएको हो ।
यस अघि हिमाल एफ.एम.को समाचार प्रमुखको रुपमा कार्यरत्त दर्नाललाई कार्यसम्पादन र संस्थाको आवश्यकताको समेत महशुस गरी स्टेशन म्यानेजरको जिम्मेवारी प्रदान गरिएको प्रबन्ध निर्देशक भानुभक्त निरौलाले बताउनुभयो । दर्नाल हिमाल एफ.एफ स्थापना कालको संवाददाता हुनुहुन्छ । उहाँ विगत एक दशक भन्दा बढी समयदेखि जिल्लाको पत्रकारितामा सकृय हुनुहुन्छ ।
दर्नाल उज्यालो रेडियो नेटवर्क, अन्नपुर्ण मिडिया ग्रुप, ग्यालेक्सी फोके टेलिभिजन र आर्थिक राष्ट्रिय दैनिकमा आबद्ध हुनुहुन्छ । हिमाली सञ्चार लिमिटेडले वि.स. २०६८ सालमा सोलुखुम्बु सदरमुकाम सल्लेरीमा स्थापना गरेको शिखरको आवाज हिमाल एफ.एफ.को फ्रिक्वन्सी मोडुलेसन मार्फत नेपालको आधा भुभागसम्म प्रसारण पहुँच छ ।
१००० वाट क्षमताको यस रेडियो ९०.२ मेगाहर्ज मार्फत कोशी प्रदेशसहित मधेश तथा बागमती प्रदेशको केही भुभागमा पनि प्रसारण पहुँच छ भने अनलाईनको माध्यमबाट विश्वभर सुन्न र हेर्न सकिन्छ ।
खनाललाई कार्यक्रम संयोजक र राईलाई प्रशासन प्रमुखको जिम्मेवारी
शिखरको आवाज हिमाल एफ.एफ. ९०.२ मेगाहर्जले कार्यक्रम संयोजकको जिम्मेवारी दिपेन्द्र खनाललाई र प्रशासन प्रमुखको जिम्मेवारी अशोक राईलाई प्रदान गरेको छ ।
संस्थाले विहीबार एक कार्यक्रमका विच खनाललाई कार्यक्रम संयोजक र राईलाई प्रशासन प्रमुखको जिम्मेवारी प्रदान गरेको हो । कम्पनीका प्रबन्ध निर्देशक भानुभक्त निरौलाले खनाल र राईलाई जिम्मेवारी पत्र हस्तान्तरण गर्नुभयो ।