पहिरोले सिद्धिचरण लोकमार्ग अवरुद्ध, सोलुबाट छुटेका सवारी साधन अलपत्र

  हिमाल समाचार
4.8k Shares

सोलुखुम्बु – ओखलढुंगाको भुसने क्षेत्रको सडकमा गएको पहिरोका कारण सोलुखुम्बुबाट छुटेका सवारी साधनहरु अलपत्र परेका छन् ।

बिहीबारदेखिको अविरल बर्षाका कारण जिल्लाको मानेभन्ज्याङ गाउँपालिका–४ स्थित सिद्धिचरण लोकमार्गमा पर्ने भुसुनेको जंगलमा आज शुक्रबार बिहान साडे ६ बजे पहिरोका कारण सवारी आवागमन ठप्प बनेको हो ।

सडक माथिबाट पहिरो खस्दा सडक अवरुद्ध हुँदा सोलुखुम्बु र ओखलढुंगाबाट संघीय राजधानी काठमाण्डौ तथा तराईका जिल्लाहरुका लागि छुटेका सवारी साधनहरु पहिरोमै रोकिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक बालिस्टर सिंहले भिजनलाई जानकारी दिनुभयो ।

पहिरोका कारण अन्दाजी २५ मिटर सडक अवरुद्ध भएको छ । निरन्तरकोे वर्षाका कारण जिल्लाभरका ग्रामिण सडकमा पहिरोको जोखिम बढेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार