अमेरिकामा सोलुखुम्बुका एक शेर्पाको चर्चा, जसले विमानस्थललाई ठुलो दुर्घटनाबाट जोगाए

  हिमाल समाचार
10.2k Shares

सोलुखुम्बु – सोलुखुम्बु गोराखानी घर भएका ल्हाक्पा रिन्जी शेर्पाको यतिबेला अमेरिकामा चर्चा भइरहेको छ । न्युयोर्कको व्यस्त लागार्डिया विमानस्थलमा साहसिक काम गरेको भन्दै उहाँको अमेरिकामा चर्चा भइरहेको हो ।

गत मंगलबार लागार्डिया विमानस्थलको पार्किङस्थलमा एउटा कारमा अचानक आगलागी भयो । कारमा आगलागी भएपछि पार्किङस्थल धुँवाले भरिएको थियो । आगलागीबाट त्रसित भएकाहरू भागदौड गरिरहेका बेला शेर्पा आगलागी नियन्त्रणमा जुट्नुभएको थियो ।

फायर एक्स्टीङ्गगुइसर (आगो निभाउने उपकरण) लिएर उहाँले ट्याक्सीमा दन्किरहेको आगो निभाउनुभयो । विमानस्थलमा हुनसक्ने ठूलो क्षति उहाँको साहसिक कामले टरेको थियो । उहाँको साहसिक काम देखेर धेरैले मोबाइलमा भिडियो कैद गरी सामाजिक सञ्जालमा हालेका थिए ।

सामाजिक सञ्जालदेखि मिडियामा उहाँलाई ’हिरो’को उपनाम दिइएको छ । शेर्पाले आफ्नो अनुभवका कारण आगलागी नियन्त्रणमा जुटेको बताउनुभयो ।

नेपालमा रहँदा एयरलाइन्समा काम गर्दा आफूसँग आगो नियन्त्रण गर्ने लामो अनुभव रहेको उहाँले बताउनुभयो । शेर्पाले विदेशमा नेपाल र नेपालीको शीर उचो पारेकोप्रति आफू खुसी भएको प्रतिक्रिया दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार