दिप्लीघाटमा बाढीले डोजरसहितका सामाग्री बगायो, ८३ लाखको क्षति

  हिमाल समाचार
511 Shares

सोलुखुम्बु – सोलुखुम्बुको दिप्लीघाट स्थित दुधकोशीमा आएको बाढीले डोजरसहितका सामाग्री बगाउदा ८३ लाख बराबरको क्षति भएको छ । आज शुक्रबार विहान आएको बाढीले पुल निर्माणको क्रममा प्रयोग भएको डोजरसहितको सामाग्री बगाउदा सो बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

थुलुङ दुधकोशी गाउँपालिका ८ र सोताङ गाउँपालिका १ को सिमाना दिप्लीमा पुल निर्माणको क्रममा प्रयोग भएको आरबि अन्ट्रक्सन प्रालिको बा २ क २०५७ नम्बरको स्काभेटर एक थान, मिक्स्चर एक थान, जेनेरेटर एक था, फलामको रड (डण्डी ) पन्ध्र (१५) बण्डल, फलामको स्काई फोल्डिङ फर्मा ३३० वटा बाढीले बगाएको प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयो ।

उक्त सामाग्रीहरु प्रहरी र स्थानीयको सकृयतामा खोजी भईरहेको जनाइएको छ । बाढीले दिप्लीघाटको बेलीब्रिजको भाग पनि कटान गरेको छ । निरन्तको बर्षातका कारण ब्रिजको जमिनसँग जोडिएको झण्डै २५ फिट भाग कटान हुँदा कोशीपारीका क्षेत्रमा सवारी आवगमन ठप्प बनेको छ ।

जिल्ला सदरमुकाम क्षेत्रबाट कोशीपारी जोडने एक मात्र सडकमा पर्ने उक्त बेलीब्रिजमा बाढीले क्षति पु¥याएसँगै महाकुलुङ र सोताङ गाउँपालिकामा सल्लेरीबाट सिधा सडक सञ्जाल टुटेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार