चिशंखुगढीमा सिसाजन्य पदार्थ प्रतिबन्ध

  हिमाल समाचार  247 पटक हेरिएको

सोलुखुम्बु – ओखलढुंगाको चिशंखुगढी गाउँपालिकाले सिसाजन्य पदार्थको प्रयोगमा प्रतिबन्ध लगाएको छ । पालिकाले बढ्दो सिसाजन्य पदार्थहरुको प्रयोगले वातावरण तथा गाउँपालिका क्षेत्रमा पुर्याइरहेको नकारात्मक असरहरुलाई ध्यानमा राखेर यस्तो निर्णय गरेको जनाएको छ ।

पालिकाले एक सुचना जारी गरि भनेको छ, ‘चिशंखुगढी गाउँपालिकामा बढ्दो सिसाजन्य पदार्थहरुको प्रयोगले वातावरण तथा गाउँपालिका क्षेत्रमा पुर्याइरहेको नकारात्मक असरहरुलाई ध्यानमा राखि सो पदार्थबाट हुने प्रतिकुल असर कम गर्न यस गाउँपालिकाको आ.व. २०८०/०८१ को नीति तथा कार्यक्रम र मिति २०८०/०२/२५ गते बसेको गाउँ कार्यपालिकाको बैठकको निर्णयानुसार सिसाजन्य (औषधिजन्य र निर्माणजन्यमा प्रयोग हुने बाहेक) पदार्थहरु मिति २०८०/०५/०३ गते पश्चात चिशंखुगढी गाउँपालिकाको क्षेत्रभित्र ओसार–पसार तथा विक्री वितरण गर्न पुर्ण रुपमा निषेध गरिएको व्यहोरा आम चिशंखुगढीबासीहरुमा जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।

यो सूचनाको बेवास्ता गरी माथि उल्लेख भए अनुसारको सिसाजन्य पदार्थ गाउँपालिका क्षेत्रभित्र पैठारी गरिएको पाइएमा उल्लेखित सामाग्रीहरू जफत गरी कानुन बमोजिम कार्यवाही हुने व्यहोरा समेत सम्पूर्णमा जानकारी गराइन्छ ।’

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार