हिमाली जिल्ला सोलुखुम्बुमा पनि डेङ्गी भित्रियो, ४ जना सक्रमित

  सुबास दर्नाल
931 Shares

सोलुखुम्बु-हिमाली जिल्ला सोलुखुम्बुमा पनि डेङ्गी संक्रमण पुष्टि भएको छ ।

जिल्लाको सोलुदुधकुण्ड नगरपालिका-४ फाप्लु र ११ तिङ्लाका ४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ । संक्रमण पुष्टि हुनेमा ३ पुरुष र १ महिला रहेका छन् ।

स्वास्थ्य कार्यालय प्रमुख सिवान ठाकुरका अनुसार भदौ ३ गते फाप्लुका४२ वर्षीया महिला, ५ गते फाप्लुकै १० वर्षीय पुरुष, ६ गते तिङ्लाका ३२ वर्षीय पुरुष र ७ गते फाप्लुका ४२ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

उनीहरुको जिल्ला अस्पताल फाप्लुमा गरिएको रगत परिक्षणमा डेङ्गी पुष्टि भएको प्रमुख ठाकुरले बताउनुभयो । जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेका ४ जनाकै अवस्था सामान्य रहेको जनाइएको छ ।

संक्रमीत मध्ये १ जना बाहेक अन्य कसैको पनि ट्राभल हिष्ट्री नरहेको अस्पतालले जनाएको छ ।जिल्लामा पनि डेङ्गी फ़ैलिने सम्भावना बढेसगै स्वास्थ्य कार्यालयले लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान थालेको छ ।
के हो डेङ्गी ?
एडिस एजेप्टाइ र ए.ई. अल्बोपिक्टस जातको पोथी लामखुट्टेको टोकाइबाट भाइरसको संक्रमण भई सर्ने डेंगी रोग अहिले प्रकोपको रुपमा देखिएको छ।

अहिलेको प्रमुख स्वास्थ्य समस्या भएकाले विशेष सतर्कता अपनाउनुपर्ने चिकित्सकहरु सुझाउँछन्।

चिकित्सकहरुका अनुसार वर्षातको समयमा यो रोग बढी देखा पर्छ। सामान्यतया १५ देखि ३५ डिग्रीको तापक्रममा लामखुट्टेको वृद्धिविकास हुन्छ र डेंगीको भाइरस फैलाउने लामखुट्टेका लागि भने २२ देखि ३४ डिग्रीसम्मको तापक्रम निकै अनुकूल मानिन्छ। यो जातको लामखुट्टेले विशेषगरी दिउँसो मात्र टोक्ने गर्छ।

त्यस्तो लामखुट्टेले टोकेमा डेंगी संक्रमण भएको कसरी थाहा पाउने ?

लक्षणहरु
– ज्वरो आउने
– टाउको दुख्ने
– आँखाका गेडा दुख्ने
– मांसपेशी तथा जोर्नी दुख्ने
– शरीरमा डाबर आउने
– खानामा अरुचि हुने
– पेट गडबडी हुने।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार