नेपाल महिला संघको थुलुङ दुधकोशी अध्यक्षमा पदम कुमारी राई चयन

साेलुखुम्बु –
नेपाली कांग्रेसको भातृ संस्था नेपाल महिला संघको थुलुङ दुधकोशी गाउँपालिका स्तरीय पालिका कार्यसमिति गठन भएको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सभापति नाम्गेल जाङ्वु शेर्पाको प्रमुख आथित्यतामा भएको कार्यक्रममा शनिबार पदम कुमारी राईको अध्यक्षतामा २२ सदस्यीय कार्यसमिति गठन गरिएको छ ।

नेपाल महिला संघको पालिका स्तरीय कार्यसमिति गठन कार्यक्रम अन्तर्गत थुलुङ दुधकोशी गाउँपालिकाको पालीका स्तरिय पालिका समितिको उपाध्यक्षमा सिता भुजेल चयन हुनुभएको छ । यस्तै सचिवमा लक्ष्मी देवि तामाङ राई, कोषाध्यक्षमा मनिका थुलुङ राई, सहसचिवमा दुर्गादेवी बस्नेत कार्की चयन हुनुभएको छ । यस्तै समितिको सदस्यहरुमा विमला तामाङ, यमुना वस्नेत, निर्मला वस्नेत, शोभा काइराला, कमला कार्की, लक्ष्मी भारती, पार्वति नेपाली, कुमारी वन, कला राई, राज कुमारी राई, अनिता राई, कल्पना राई, माया शेर्पा, मिना कुमारी वि.क, कोपिला कार्की, देवु वस्नेत र संगिता खत्रि चयन भएका छन ।

नेपाली कांग्रेसका जिल्ला सभापति नाम्गेल जाङवु शेर्पाले नवगठित समितिलाई शुभकामना दिदै नेपाली कांग्रेसको संगठन विस्तारका लागी नवगठित समितिले अहम भुमिका खेल्ने विश्वास लिएको बताउनुभएको छ । पालिका स्तरीय समिति गठन कार्यक्रममा जिल्ला कार्य समितिका सहसचिव उत्रमान राई, जिल्ला कार्यसमिति सदस्य चन्द्र आचार्य, नेपाल महिला संघका जिल्ला अध्यक्ष सरला नाछिरिङ, युवा नेताहरु द्रोण वास्तोला र प्रदिप राई समेतको उपस्थीति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार