वर्षातका कारण खुम्बुपदमार्ग अबरुद्ध

साेलुखुम्बु – अविरल वर्षाको कारण सगरमाथा क्षेत्र प्रवेश गर्ने पदमार्ग अबरुद्ध भएको छ ।

सडकको पहुँचनपुगेको क्षेत्र खुम्बु पासाङ्ल्हामुगाउँपालिका ३ को बेन्कारको छ्यु बाल्हौ र गर्चह्वाङमा बाटो अबरुद्ध बनेको छ । शनिबार राति परेको भिषण पानीकाकारण मुल बाटो नै भत्किए पछिविदेशीतथा स्वदेशीपर्यटकलाई हिड्न सास्ती परेको छ । विभिन्न ठाउँमा वर्षौदेखि पहिरो खस्ने र आवतजावतमा समस्या आए पनि तत्काल त्यसको वैकल्पिक बाटोको लागि सम्पूर्ण वडाबासी, स्थानीय, लगायत खच्चड व्यवसायिले समेत सहयोेग र सहकार्य गरेको वडा अध्यक्ष नुरु जाङ्बु शेर्पाले बताउनु भएको छ ।

हिमाल एफ. एमसँग कुराकानी गर्दै अध्यक्ष शेर्पाले बेन्कारको छ्यु बाल्हौ र गर्चह्वाङको आउजाउमा वैकल्पिक बाटो बनाइको जानकारी दिनुभयो ।

साथै तत्काल पहिरो नपन्छाउजेल सम्म वैकल्पिक बाटोको प्रयोग गर्न र रातको समयमा हिड्डुल नगर्न आग्रह समेत गर्नु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार